जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

Raju Yadav Raju Yadav
|
मंगलबार, मंसिर २५, २०८१
|
|
२ पटक हेरिएको
Shares
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

सारांश

  •   २५ मंसिर,  काठमाडौं : जुवातास खेलिरहेको अवस्था काठमाडौं र सिन्धुपाल्चोबाट १७ जना पक्राउ परेका छन्।
  •   काठमाडौंको टोखा नगरपालिका-१० गोंगबु गणेशस्थान बस्ने मिहिर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।
  • प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार रूपैयाँ, अमेरिकी डलर ७ सय र ४ बुक तास सहित पक्राउ गरेको हो।

 

२५ मंसिर,  काठमाडौं जुवातास खेलिरहेको अवस्था काठमाडौं र सिन्धुपाल्चोबाट १७ जना पक्राउ परेका छन्।  काठमाडौंको टोखा नगरपालिका-१० गोंगबु गणेशस्थान बस्ने मिहिर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार रूपैयाँ, अमेरिकी डलर ७ सय र ४ बुक तास सहित पक्राउ गरेको हो।  यसैगरी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ आठकिलो बस्ने साङदोर्जे शेर्पाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-२ तातोपानी बस्ने ३० वर्षीय होम बहादुर गुरुङ समेत ८ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बाह्रबिसे समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १९ हजार ६ सय ८४ रूपैयाँ र ज्याक्पट क्यासिनो मेसिन २ थान सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?