सामाजिक सञ्जालबाट भ्रम फैलाए कारबाही हुन्छ : गृह मन्त्रालय

Raju Yadav Raju Yadav
|
शुक्रबार, मंसिर १४, २०८१
|
|
८ पटक हेरिएको
Shares
सामाजिक सञ्जालबाट भ्रम फैलाए कारबाही हुन्छ : गृह मन्त्रालय

सारांश

  • गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेलाई कारबाही गर्ने बताएको छ ।
  • पछिल्लो समय सामाजिक सञ्जालमार्फत सार्वजनिक शान्ति सुव्यवस्थामाथि खलल पुग्ने गरी घृणाजन्य अभिव्यक्ति फैलाउने काम भइरहेको भन्दै गृह मन्त्रालयले त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउने जनाएको हो ।
  • मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल लगायतका माध्यमको गलत प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुऱ्याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुऱ्याउने किसिमले घृणाजन्य अभिव्यक्ति फैलाउन काम भइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

 

१४ मंसिर, काठमाडौं । गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेलाई कारबाही गर्ने बताएको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत सार्वजनिक शान्ति सुव्यवस्थामाथि खलल पुग्ने गरी घृणाजन्य अभिव्यक्ति फैलाउने काम भइरहेको भन्दै गृह मन्त्रालयले त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउने जनाएको हो ।

मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल लगायतका माध्यमको गलत प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुऱ्याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुऱ्याउने किसिमले घृणाजन्य अभिव्यक्ति फैलाउन काम भइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

‘जो कोही व्यक्तिले जहाँसुकै रहेर गरे गराए पनि कानुनद्वारा बर्जित र दण्डनीय त्यस्ता गतिविधिलाई कानुनी दायरामा ल्याइने भएकोले त्यस्तो कार्य नगर्न नगराउनु हुन सम्बन्धित सबैमा सादर अनुरोध छ,’ गृह मन्त्रालयको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?