फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा किन गएनन् बालेन ?

Raju Yadav Raju Yadav
|
आइतबार, मंसिर ९, २०८१
|
|
२ पटक हेरिएको
Shares
फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा किन गएनन् बालेन ?

सारांश

  •   ९ मंसिर , काठमाडौँ ।
  • उपत्यकाको फोहोर व्यवस्थापनका लागि सरकारद्वारा गठित फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठक आज बसेको छ।
  • सहरी विकास मन्त्री प्रकाशमान सिंहसहितको उपस्थितिमा बैठक आज बिहान सहरी विकास मन्त्रालयमा बसेको हो।

 

९ मंसिर , काठमाडौँ । उपत्यकाको फोहोर व्यवस्थापनका लागि सरकारद्वारा गठित फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठक आज बसेको छ। सहरी विकास मन्त्री प्रकाशमान सिंहसहितको उपस्थितिमा बैठक आज बिहान सहरी विकास मन्त्रालयमा बसेको हो।

बैठकले विभिन्न निर्णय गरेको र केही बेरमा सार्वजनिक हुने बताइएको छ। बैठकमा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनसहित प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालयका सचिवलगायत सहभागी भएका थिए।

तर उक्त बैठकमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) भने उपस्थित भएनन्। काठमाडौँ महानगरपालिकाबाट प्रमुख कार्यकारी सहभागी भएका थिए।काठमाडौँको फोहोर व्यवस्थापनका विषयमा मेयर बालेन र केन्द्रीय सरकारबीच मतभेद छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?