मानव बेचबिखनमा संलग्न रहेको आरोपमा १ जना पक्राउ

Raju Yadav Raju Yadav
|
शनिबार, मंसिर ८, २०८१
|
|
२ पटक हेरिएको
Shares
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा १ जना पक्राउ

सारांश

  •   ८ मंसिर, मानव बेचबिखनको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
  • पाँच जना युवतीलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी भारत पठाउन लागेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ का ४४ वर्षीय राजु तामाङ भनिने राजकुमार थिङलाई पक्राउ गरेको हो ।
  • प्रहरीले उनलाई नारायणगढबाट बुधबार पक्राउ गरेको कार्यालयका प्रमुख गौतम मिश्रले जानकारी दिए ।

८ मंसिर, मानव बेचबिखनको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पाँच जना युवतीलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी भारत पठाउन लागेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ का ४४ वर्षीय राजु तामाङ भनिने राजकुमार थिङलाई पक्राउ गरेको हो ।

प्रहरीले उनलाई नारायणगढबाट बुधबार पक्राउ गरेको कार्यालयका प्रमुख गौतम मिश्रले जानकारी दिए । नका अनुसार विभिन्न स्थानका युवतीहरूलाई नारायणगढमा भेला पारी सुनौली जाने बसमा चढाउन लागेको अवस्थामा थिङलाई पक्राउ गरिएको हो । मिश्रले भने, ‘थिङले युवतीहरूको पासपोर्ट सङ्कलन गरी भिसा लगाउनका लागि भारत पठाउन लागेका थिए । भारतबाटै विदेश जानुपर्छ भनी युवतीहरूलाई लैजान लागेको सूचना पाएपछि पक्राउ गरिएको हो ।’

मानव बेचबिखनको यो नयाँ स्वरूप भएको उनले बताए । मिश्रले भने, ‘थिङको नियत खराब भएको थाहा पाएपछि युवतीहरूले आफन्तमार्फत प्रहरीलाई खबर गरेका थिए ।’​थिङलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत चितवनबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ । युवतीहरूको संरक्षणका लागि सुरक्षित गृहमा पठाइएको प्रमुख मिश्रले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सुरक्षा कोषको आवद्धता धनी बन्न होइनः महान्यायाधिवक्ता बडाल
सामाजिक सुरक्षा कोषको आवद्धता धनी बन्न होइनः महान्यायाधिवक्ता बडाल
सर्लाहीमा वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर
सर्लाहीमा वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर
राजस्व चुहावट नियन्त्रण गर्न आज उच्चस्तरीय छलफल गर्दै अर्थ मन्त्रालय
राजस्व चुहावट नियन्त्रण गर्न आज उच्चस्तरीय छलफल गर्दै अर्थ मन्त्रालय
आजदेखि मौद्रिक नीति कार्यान्वयनमा, के—के व्यवस्था लागू भए ?
आजदेखि मौद्रिक नीति कार्यान्वयनमा, के—के व्यवस्था लागू भए ?
नेपाल प्रहरीका ६३ एसपीहरूको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
नेपाल प्रहरीका ६३ एसपीहरूको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति
गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति
राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै
राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै
मधेशमा जनमत र एकीकृत समाजवादीबाट दुई विनाविभागीय मन्त्रीले लिए सपथ
मधेशमा जनमत र एकीकृत समाजवादीबाट दुई विनाविभागीय मन्त्रीले लिए सपथ
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर