स्थानीय तह उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, अन्यलाई निर्वाचन चिह्न प्रदान

Raju Yadav Raju Yadav
|
बिहिबार, मंसिर ६, २०८१
|
|
२ पटक हेरिएको
Shares
स्थानीय तह उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, अन्यलाई निर्वाचन चिह्न प्रदान

सारांश

  •   ६ मंसिर, काठमाडौं – आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका ४१० मध्ये ३१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
  • निर्विरोध निर्वाचित भएकाबाहेक अन्य ३७६ जना उम्मेदवारलाई आज सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ ।
  • जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट २८९ र १२१ स्वतन्त्र उम्मेदवार गरी कुल ४१० जनाको मनोनयनपत्र दर्ता भएको थियो ।

६ मंसिर, काठमाडौं – आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका ४१० मध्ये ३१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्विरोध निर्वाचित भएकाबाहेक अन्य ३७६ जना उम्मेदवारलाई आज सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ ।

जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट २८९ र १२१ स्वतन्त्र उम्मेदवार गरी कुल ४१० जनाको मनोनयनपत्र दर्ता भएको थियो ।  तीन पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । आयोगका अनुसार ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, रुकुम (पूर्वी भाग) जिल्ला पुथा उत्तरगंगा गाउँपालिका– २ को वडाध्यक्षमा माओवादीका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका २५ वटा राजनीतिक दलमध्ये हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी), कांग्रेस (बिपी), नेपाली जनता दल र आम जनता पार्टीले कुनै पनि रिक्त पदका लागि उम्मेदवारी दर्ता नगराएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

निर्वाचन कार्यक्रमअनुसार यही ६ देखि १३ मंसिर राति १२ बजेसम्म उम्मेदवारले प्रचारप्रसार गर्न सक्नेछन् । १३ मंसिर राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध अवधि तोकिएको छ । १६ मंसिर आइतबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली याक्सले टस जितेर विराटनगरविरुद्ध ब्याटिङ गर्दै
कर्णाली याक्सले टस जितेर विराटनगरविरुद्ध ब्याटिङ गर्दै
‘कैदीबन्दीका सीपले अब कारागारलाई उद्योगका रूपमा विकास गर्दैछौँ’ : गृहमन्त्री
‘कैदीबन्दीका सीपले अब कारागारलाई उद्योगका रूपमा विकास गर्दैछौँ’ : गृहमन्त्री
बालेनलाई निवासमै बोलाएर विद्याले राखिन् बजेटबारे चासो
बालेनलाई निवासमै बोलाएर विद्याले राखिन् बजेटबारे चासो
भारतीय प्रधानमन्त्री मोदी अमेरिकामा, ट्रम्पसँग भेटवार्ता
भारतीय प्रधानमन्त्री मोदी अमेरिकामा, ट्रम्पसँग भेटवार्ता
महानवमी : आज सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै
महानवमी : आज सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै
बालकृष्ण खाणको निवेदन न्यायाधीश कोइरालाको इजलासमा
बालकृष्ण खाणको निवेदन न्यायाधीश कोइरालाको इजलासमा
सर्लाहीमा स्रोत नखुलेको सात लाखभन्दा बढी नेपाली रुपैयाँसहित भारतीय युवक पक्राउ
सर्लाहीमा स्रोत नखुलेको सात लाखभन्दा बढी नेपाली रुपैयाँसहित भारतीय युवक पक्राउ
आधुनिक युगमा सांसद किनबेच भन्ने कुरा लाजमर्दो : प्रभु साह
आधुनिक युगमा सांसद किनबेच भन्ने कुरा लाजमर्दो : प्रभु साह
खुर्पा प्रहार गरी पूर्व सेनाले गरे छोरी र भतिजको ह*त्या
खुर्पा प्रहार गरी पूर्व सेनाले गरे छोरी र भतिजको ह*त्या
मध्यपूर्वमा तनाव चुलिँदा एसियाली शेयर बजारमा भारी गिरावट
मध्यपूर्वमा तनाव चुलिँदा एसियाली शेयर बजारमा भारी गिरावट