रवि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीको अनुमति

Raju Yadav Raju Yadav
|
शुक्रबार, कार्तिक २, २०८१
|
|
२ पटक हेरिएको
Shares
रवि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीको अनुमति

सारांश

  •   २ कार्तिक, पोखरा – जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ।
  • कास्की प्रहरीले शुक्रबार अदालतबाट लामिछानेलाई पक्राउ गर्न अनुमति मागेको थियो।
  • अनुमतिका लागि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्याम ओलिया र डिएसपी वसन्तकुमार शर्मा अदालत पुगेका थिए।

 

२ कार्तिक, पोखरा – जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ।

कास्की प्रहरीले शुक्रबार अदालतबाट लामिछानेलाई पक्राउ गर्न अनुमति मागेको थियो। अनुमतिका लागि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्याम ओलिया र डिएसपी वसन्तकुमार शर्मा अदालत पुगेका थिए। सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिले दोषी ठहर गरेको थियो।

गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहँदा उनले सहकारीको रकम अपचलन गरेको समितिको ठहर छ। यसअघि उनीसँगै गोर्खा मिडियामा साझेदार रहेका छविलाल जोशी गत असोज ६ गते पक्राउ परेका थिए।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?