प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंकले दियो दुई करोड

Raju Yadav Raju Yadav
|
आइतबार, आश्विन २०, २०८१
|
|
२ पटक हेरिएको
Shares
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंकले दियो दुई करोड

सारांश

  •   २० असोज, नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रूपैयाँ उपलब्ध गराएको छ।
  • उक्त चेक बैंकले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको हो।
  • प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले बाढीपहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा खर्च गर्न उक्त रकम दिएका हुन्।

 

२० असोज, नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रूपैयाँ उपलब्ध गराएको छ। उक्त चेक बैंकले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले बाढीपहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा खर्च गर्न उक्त रकम दिएका हुन्। प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता र उद्योगधन्धालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गरेका थिए।

कसैको अनुहार नहेरी प्रणाली र कानुनअनुसार काम गर्न पनि उनले आग्रह गरेका छन्। यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाबाट गरी तीन करोड ४८ लाखको चेक हस्तान्तरण भएको थियो । मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरूपमा एक अर्ब रुपैयाँ रकम जम्मा गर्ने निर्णय गरेको थियो। कोषमा अन्य संस्था र व्यक्तिहरूबाट सहयोगको क्रम जारी रहेको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?