भन्सार छलीगरेको डेढ करोडको सामानसहित दुई जना नियन्त्रणमा

Raju Yadav Raju Yadav
|
बिहिबार, आश्विन ३, २०८१
|
|
२ पटक हेरिएको
Shares
भन्सार छलीगरेको डेढ करोडको सामानसहित दुई जना नियन्त्रणमा

सारांश

  •   ३ असोज , हेटौँडा ।
  • भन्सार छलेर ल्याएका करिब डेढ करोड रुपियाँ बराबरको आलु, लत्ताकपडा र सवारी साधनसहित दुई जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट कार्यालय प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालको नेतृत्वमा खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका वडा नं.

 

३ असोज , हेटौँडा । भन्सार छलेर ल्याएका करिब डेढ करोड रुपियाँ बराबरको आलु, लत्ताकपडा र सवारी साधनसहित दुई जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट कार्यालय प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालको नेतृत्वमा खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका वडा नं. १५ स्थित रातोमाटे चेकपोष्ट सडक खण्डमा सुनसरीबाट हेटौँडा हुँदै काठमाडौँ जाँदै गरेको बिआर ०५ जि डि १३४३ नं.को भारतीय ट्रकबाट सामान बरामद गरेको हो । ट्रकका चालक भारतको बिहार राज्य मोतिहारी जिल्ला थाना तुकालिया, पूर्वी चम्पारण सपहीका ३० वर्षीय जन्दार आलम र सहचालक मोतिहारी जिल्ला थाना बन्जरिया पूर्वी चम्पारण चौलाहा कलोनीका १९ वर्षीय मुना मिया तथा उक्त ट्रकको खानतलासी गर्दा अवैध रुपमा ल्याइएको सामान फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुर बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।पत्रकार सम्मेलनामा ट्रकमा ३४५ बोरा आलुको भन्सार बिल काटेर सो ट्रकमा प्रति बोरा ५० किलोको दरले २६४ बोरा आलु राखेर सोको भित्री भागमा लुकाई ७४ बोरा विभिन्न किसिममा तयारी कुर्ता, रोलसहितको सर्ट एंव पाईन्टको कपडा ल्याएको पाईएको जानकारी गराइएको थियो । बरामद गरिएका सामान भारतीय ट्रक र सो ट्रकका चालक तथा सहचालक  नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइने प्रहरी उपरीक्षक रिजाले बताउनुभयो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?