मोहना नदीले बगायो सशस्त्रको बीओपी भवन
सारांश
- २९ भदौ, काठमाडौँ ।
- शुक्रबार राति वर्षासँगै आएको मोहना नदीको बाढीले सशस्त्र प्रहरीको बीओपीको भवन बगाएको छ ।
- धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरमा रहेको सशस्त्र प्रहरीको बीओपीका तीनमध्ये दुईवटा नयाँ भवन बगाएको प्रहरीले जनाएको छ ।
२९ भदौ, काठमाडौँ । शुक्रबार राति वर्षासँगै आएको मोहना नदीको बाढीले सशस्त्र प्रहरीको बीओपीको भवन बगाएको छ ।
धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरमा रहेको सशस्त्र प्रहरीको बीओपीका तीनमध्ये दुईवटा नयाँ भवन बगाएको प्रहरीले जनाएको छ । नयाँ भवन बाढीले बगाएको छ भने पुरानो भवनसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टले बताएका छन् । मोहना नदीको बाढीले बीओपी भवन बगाएपछि बिओपीलाई सामुदायिक भवनमा सारिएको छ ।![]()
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया