तयार हुन लाग्यो चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २३, २०८१
|
|
२ पटक हेरिएको
Shares
तयार हुन लाग्यो चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन

सारांश

  • २३ भदौ, काठमाडौं ।
  • त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा जोड्न निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ ।
  • रसुवाको आमाछोदिङ्मो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माणका लागि अन्तिम चरणका काम भइरहेका छन् ।

२३ भदौ, काठमाडौं । त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा जोड्न निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ ।

रसुवाको आमाछोदिङ्मो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माणका लागि अन्तिम चरणका काम भइरहेका छन् । प्रसारण लाइन निर्माणका बाँकी काम सम्पन्न गरी दशैंअगाडि नै सञ्चालनमा ल्याउने तयारी भइरहेको  आयोजनाले जनाएको छ । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत नै २२०/१३२/३३ केभीका चिलिमे हब र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् । प्रसारण लाइनमा पर्ने ७६ वटा टावरमध्ये ७५ वटाको निर्माण सम्पन्न भएको छ । एउटा टावर जडान कार्य अन्तिम चरणमा छ ।

२८ किलोमिटर प्रसारण लाइनमध्ये ५ किलोमिटर मात्र तार तान्न बाँकी छ । टावर जडान र बाँकी रहेको तार तान्न करिब २ सय जना श्रमिक परिचालित छन् । प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएका १११ मेगावाटको रसुवागढी र ४२.५ मेगावाटको साञ्जेन जलविद्युत आयोजनाको विद्युत् यही प्रसारण लाइनमा जोडिने छ ।  दुवै आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनको चरणमा छन् । यसले गर्दा पनि प्रसारण लाइन निर्माण जतिसक्दो छिटो सम्पन्न गर्नुपर्ने दबाबमा प्राधिकरण छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जलेश्वर अस्पतालका चारजना स्वास्थ्यकर्मीलाई तीन दिनभित्र स्पष्टीकरण दिन मन्त्रालयको निर्देशन सेवाप्रवाहमा लापरवाही देखिए कारवाही
जलेश्वर अस्पतालका चारजना स्वास्थ्यकर्मीलाई तीन दिनभित्र स्पष्टीकरण दिन मन्त्रालयको निर्देशन सेवाप्रवाहमा लापरवाही देखिए कारवाही
कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको पूर्वानुमान
कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको पूर्वानुमान
निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने
निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने
भूकम्पमा परेर घाइतेको उपचारमा कमी हुन दिँदैनौं : स्वास्थ्य मन्त्री बस्नेत
भूकम्पमा परेर घाइतेको उपचारमा कमी हुन दिँदैनौं : स्वास्थ्य मन्त्री बस्नेत
नेप्से बढेर २५९१.५६ बिन्दुमा, ५ अर्बको कारोबार
नेप्से बढेर २५९१.५६ बिन्दुमा, ५ अर्बको कारोबार
ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चालक फरार
ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चालक फरार
आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन नभएको भाष्य गलत : ओली
व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन नभएको भाष्य गलत : ओली
सिन्धुलीमा बस दुर्घटना: दुई जनाको मृत्यु
सिन्धुलीमा बस दुर्घटना: दुई जनाको मृत्यु
१६४ जना समानुपातिक उम्मेदवारले लिए नाम फिर्ता
१६४ जना समानुपातिक उम्मेदवारले लिए नाम फिर्ता