‘सुरक्षित पानी पिउने’ योजना निर्माण सम्बन्धी दुई दिने तालिम सम्पन्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १०, २०८१
|
|
१ पटक हेरिएको
Shares
‘सुरक्षित पानी पिउने’ योजना निर्माण सम्बन्धी दुई दिने तालिम सम्पन्न

सारांश

  •   सर्लाही, ९ भदौ ।
  • ‘सुरक्षित पानी पिउने’ पूर्व योजना निर्माण सम्बन्धी दुई दिने तालिम सर्लाहीको पर्सा गाउँपालिकामा सम्पन्न भएको छ ।
  • पर्सा गाउँपालिका र एसएनभी नेपालको संयुक्त साझेदारीमा ‘ग्रामिण जलवायु उत्थानशिल सेवा’ परियोजना पर्सा गाउँपालिकामा संचालित रहेको छ ।

सर्लाही, ९ भदौ । ‘सुरक्षित पानी पिउने’ पूर्व योजना निर्माण सम्बन्धी दुई दिने तालिम सर्लाहीको पर्सा गाउँपालिकामा सम्पन्न भएको छ ।पर्सा गाउँपालिका र एसएनभी नेपालको संयुक्त साझेदारीमा ‘ग्रामिण जलवायु उत्थानशिल सेवा’ परियोजना पर्सा गाउँपालिकामा संचालित रहेको छ । जसअन्तर्गत पर्सा गाउँपालिका–६ का श्रीराम जलवायु उत्थानशिल खानेपानी आयोजनाका उपभोक्ता समिति तथा गाउँपालिकाका प्रतिनिधिहरुलाई दुई दिने आयोजना निर्माण पूर्व तालिम दिईएको एसएनभी नेपालका सर्लाही संयोजक अम्बिका यादवले जानकारी दिनुभयो । तालिमको प्राविधिक सहजिकरण एसएनभी नेपालका आरडब्लूएसएस एडभाईजर मदन बहादुर भण्डारीले गर्नुभएको थियो।एसएनभी नेपालको सहयोगमा पर्सा गाउँपालिकामा सुरक्षित पानी पिउने अभियान संचालन भएपछि कैण्डल फिल्टरको प्रयोग बढेका छन् । सुरक्षित पानी पिउने सम्बन्धमा एसएनभी नेपालले पर्सा गाउँपालिकाका स्थानियहरुलाई प्राविधिक सहजिकरण गरेपछि स्थानियहरुले कैण्डल फिल्टरको प्रयोग गर्नेक्रम बढ्दो अवस्थामा रहेको संयोजक यादवले बताउनुभयो ।पर्सा गाउँपालिकामा अधिकांश खानेपानीको चपाकल सुकेका छन् । पर्सा गाउँपालिकामा एसएनभी नेपालको सहयोगमा शुद्ध खानेपानीको लागि पाँच ठाउँमा पानी ट्यांकीसमेत जडान गरिएको छ । त्यस्तै ६३ घरधुरीलाई लक्षित गरी पर्सा–६ मा श्रीराम खानेपानी योजनाको स्थापना समेत गरिएको छ । त्यस्तै पर्सा गाउँपालिकामा एसएनभी नेपालले ५० जना स्वयंम सेविकाहरुलाई परिचालन गरेको छ । स्वयंम सेविकाहरुले स्थानियहरुलाई सुरक्षित पानी पिउनेको बारेमा जनचेतना जगाउने लगायतको काम गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

च्याम्पियन्स ट्रफी जित्न भारतले पायो २५२ रनको लक्ष्य
च्याम्पियन्स ट्रफी जित्न भारतले पायो २५२ रनको लक्ष्य
तीन दिने कार्यक्रम तय गरेर लुम्बिनीमा भण्डारी, राजनीतिक भेटघाट तीव्र
तीन दिने कार्यक्रम तय गरेर लुम्बिनीमा भण्डारी, राजनीतिक भेटघाट तीव्र
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
बाराको सिमरामा कर्फ्यू आदेश जारी
बाराको सिमरामा कर्फ्यू आदेश जारी
भेरी नदीमा पौडी खेल्ने क्रममा १ जनाको मृत्यु, २ जना बेपत्ता
भेरी नदीमा पौडी खेल्ने क्रममा १ जनाको मृत्यु, २ जना बेपत्ता
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
शान्ति प्रक्रिया टुंगोमा पुर्याउन पार्टी फुटाउन पनि तयार छु ः प्रचण्ड
शान्ति प्रक्रिया टुंगोमा पुर्याउन पार्टी फुटाउन पनि तयार छु ः प्रचण्ड
करोडौं पैसा उठाउन उपसभामुख हटाउने तयारी हुँदैछ : सांसद अमरेश सिंह
करोडौं पैसा उठाउन उपसभामुख हटाउने तयारी हुँदैछ : सांसद अमरेश सिंह
रातो मसी छ्याप्ने गतिविधि लोकतन्त्रको उपहास हो : महेश बस्नेत
रातो मसी छ्याप्ने गतिविधि लोकतन्त्रको उपहास हो : महेश बस्नेत
आइजिपी कार्कीले गरे इप्रका बरहथवाको नवनिर्मित भवन उद्घाटन
आइजिपी कार्कीले गरे इप्रका बरहथवाको नवनिर्मित भवन उद्घाटन