कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
सारांश
- २१ साउन, सुर्खेत ।
- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् ।
- सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई दुई दलका २३ सांसदले विश्वासको मत दिएका हुन् ।
२१ साउन, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् ।
![]()
सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई दुई दलका २३ सांसदले विश्वासको मत दिएका हुन् ।संविधानको धारा १८८ (२) अनुसार मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिएका छन् । विश्वासको मतका लागि मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा २३ जना सांसदले मत दिए । प्रस्तावको विपक्षमा १४ सांसदले मतदान गरेका छन् ।

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिएका हुन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया