लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा, एमालेले दावी पेश गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ६, २०८१
|
|
३३ पटक हेरिएको
Shares
लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा, एमालेले दावी पेश गर्ने

सारांश

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् ।
  • राजीनामा पछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ ।
  • एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले आज विश्वासको मत लिने कार्यसूची थियो ।

६ साउन, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् ।

राजीनामा पछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले आज विश्वासको मत लिने कार्यसूची थियो । तर विश्वासको मत नपुग्ने निश्चित भएपछि उनले प्रदेश सभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् । कामचलाउ भएर एकछिन पनि बस्न नसक्ने बताउँदै उनले कांग्रेस–एमालेलाई नयाँ सरकार छिटो बनाउन आह्वान गरे । महराको राजीनामा पछि कांग्रेस–एमालेले नयाँ सरकार गठनको तयारी गरेका छन् ।

दुई दलबीच एमाले संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने सहमति भएको एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए । यसअघि कांग्रेस र एमालेबीच मुख्यमन्त्री को बन्ने भन्ने टुंगो लागेको थिएन । महराले राजीनामा दिएपछि प्रदेश प्रमुखले आजै नयाँ सरकार गठनका लागि आह्वान गरेमा गिरीले आज नै मुख्यमन्त्रीमा दावी पेश गर्ने एमाले प्रमुख सचेतक चौधरीले बताए । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९ र कांग्रेसका २७ सांसद भएकाले दुई दल मिल्दा स्पष्ट बहुमत पुग्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजदेवी मन्दिरमा यस वर्ष १५ हजार २ सय ५१ बोकाको बली
राजदेवी मन्दिरमा यस वर्ष १५ हजार २ सय ५१ बोकाको बली
निर्वाचन आयोगको स्वतन्त्रता र प्रभावकारितामा जोड
निर्वाचन आयोगको स्वतन्त्रता र प्रभावकारितामा जोड
मधेश प्रदेशमा कार्यरत प्रहरीको सेवा सुविधाका लागि सरकार प्रतिवद्ध : गृहमन्त्री महतो
मधेश प्रदेशमा कार्यरत प्रहरीको सेवा सुविधाका लागि सरकार प्रतिवद्ध : गृहमन्त्री महतो
नेपाली सैनिक वार कलेजमा हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु
नेपाली सैनिक वार कलेजमा हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु
रवीन्द्र मिश्रसहित २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
रवीन्द्र मिश्रसहित २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
तोरीमा छरेको विषादीले नौ वटा मृगको मृ*त्यु
तोरीमा छरेको विषादीले नौ वटा मृगको मृ*त्यु
साउन महिनामा ५९ हजार नेपाली वैदेशिक रोजगारीमा गए
साउन महिनामा ५९ हजार नेपाली वैदेशिक रोजगारीमा गए
स्वास्थ्य बीमा सेवा बेवास्ता गर्ने अस्पताललाई बोर्डले कारबाही गर्ने
स्वास्थ्य बीमा सेवा बेवास्ता गर्ने अस्पताललाई बोर्डले कारबाही गर्ने
रामेछापमा भूकम्पको धक्का महसुस
रामेछापमा भूकम्पको धक्का महसुस
रवि लामिछाने ठग, भ्रष्ट्राचारी र अपराधी हो भनेर प्रमाणित गर्न सक्छु : मुकुल ढकाल
रवि लामिछाने ठग, भ्रष्ट्राचारी र अपराधी हो भनेर प्रमाणित गर्न सक्छु : मुकुल ढकाल