फणीन्द्र देवकोटाले लिए दोस्रो पटक मन्त्रीको शपथ
सारांश
- १६ असार, पोखरा।
- गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटा ऊर्जा मन्त्री नियुक्त भएका छन्।
- आज मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुखले उनलाई मन्त्री नियुक्त गरेका हुन्।
१६ असार, पोखरा। गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटा ऊर्जा मन्त्री नियुक्त भएका छन्।
आज मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुखले उनलाई मन्त्री नियुक्त गरेका हुन्। उनी यसअघि पनि ऊर्जा मन्त्री नियुक्त भएका थिए। तर, माओवादीले कारबाही गरेपछि पदमुक्त भएका थिए। सर्वोच्च अदालतबाट माओवादीको कारबाही बदर भएसँगै उनी पुनः ऊर्जामन्त्री नियुक्त भएका हुन्। सर्वोच्चले कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएसँगै उनलाई प्रदेशसभा प्रवेश गर्ने बाटो खुलेको हो
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया