विरोधकै बीच नीति तथा कार्यक्रम पास गर्ने सरकारको तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ १३, २०८१
|
|
२ पटक हेरिएको
Shares
विरोधकै बीच नीति तथा कार्यक्रम पास गर्ने सरकारको तयारी

सारांश

  •   १३ जेठ, काठमाडौं ।
  • प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।
  • आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम पास गर्ने सम्भावित कार्यसूची छ ।

१३ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम पास गर्ने सम्भावित कार्यसूची छ । तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी संस्थाको रकम अपचलन प्रकरणमा छानबिन गर्न संसदीय समिति नबनेसम्म संसद बैठक चल्न नदिने अडान राखेकाले कार्यसूचीअनुसार हुने–नहुने अनिश्चित छ । गत शुक्रबारकै बैठकमा नीति तथा कार्यक्रम पास गर्ने कार्यसूची रहे पनि कांग्रेसको अवरोधका कारण पास हुन सकेको थिएन । जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेका थिए ।

संघीय संसदमा अवरोध जारी रहेका कारण उक्त नीति तथा कार्यक्रममाथि छलफल हुन सकेको छैन । आज पनि नेपाली कांग्रेसले अवरोध जारी राखे विरोधकै बीच नीति तथा कार्यक्रम पास गर्ने सरकारको तयारी छ । एक नेताका अनुसार शनिबार बसेको शीर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेट प्रस्तुत गर्ने दिन नजिकिएकाले नीति तथा कार्यक्रम पारित गर्नैपर्ने बताएका थिए ।

उनले कांग्रेसले विरोध जारी राखे पनि सरकार अघि बढ्ने जानकारी नेताहरुलाई गराएका थिए । सहकारी प्रकरणको विषयलाई लिएर अवरुद्ध संसद खुलाउने प्रयासमा प्रधानमन्त्रीले आज पनि बालुवाटारमा शीर्ष नेताको बैठक बोलाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झोलुङ्गे पुलबाट हाम्फालेका युवाको मृत्यु
झोलुङ्गे पुलबाट हाम्फालेका युवाको मृत्यु
युके पठाइदिन्छु भन्दै ३२ लाख ५७ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ३२ लाख ५७ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ
सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन पारित
सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन पारित
विद्यार्थी संगठनहरु साझा मुद्दा बनाएर सँगसँगै अगाडि बढ्नुपर्छ : मन्त्री पौडेल
विद्यार्थी संगठनहरु साझा मुद्दा बनाएर सँगसँगै अगाडि बढ्नुपर्छ : मन्त्री पौडेल
राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
सरकारलाई लेखा समितिको निर्देशन- लक्ष्य बनाएरै बेरुजु फर्छ्योट गर्नू
सरकारलाई लेखा समितिको निर्देशन- लक्ष्य बनाएरै बेरुजु फर्छ्योट गर्नू
सशस्त्र प्रहरी सहायक निरीक्षक छत्यालबाट सगरमाथाको सफल आरोहण
सशस्त्र प्रहरी सहायक निरीक्षक छत्यालबाट सगरमाथाको सफल आरोहण
गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू
गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू
हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन
हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन
काठमाडौँ प्रहरीका दुवै एसपी सरुवा, भट्टराईले पाए जिम्मेवारी
काठमाडौँ प्रहरीका दुवै एसपी सरुवा, भट्टराईले पाए जिम्मेवारी