रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २५, २०८१
|
|
२ पटक हेरिएको
Shares
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री

सारांश

  • काठमाडौँ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्नेे बताएका छन् ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरुले गरेको भेटमा प्रधानमन्त्री दाहालले रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि सरकारले उच्चस्तरको पहल गर्ने बताए ।

काठमाडौँ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्नेे बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरुले गरेको भेटमा प्रधानमन्त्री दाहालले रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि सरकारले उच्चस्तरको पहल गर्ने बताए । “तपाईँहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री कार्यालय प्रतिबद्ध छ,” प्रधानमन्त्री दाहालले भने, “सरकारले लगातार कूटनीतिक पहल गरिरहेको छ, कूटनीतिक नोटमार्फत पहल लिइएको छ ।”

नेपाली नागरिकको जीवन रक्षाका लागि सरकार निरन्तर लागिपरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले रुसी सेनामा कार्यरत नेपालीहरूका परिवारको माग सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको बताए । “उच्चस्तरको कूटनीतिक पहल हुन्छ, म आफैले थप पहल गर्छु,” प्रधानमन्त्री दाहालले भने । युद्ध मैदानमा रहेका नेपालीसँग आफूले फोनमा कुरा भएको उल्लेख गर्दै प्रधानमन्त्रीले उनीहरूको अवस्थाबारे कूटनीतिक च्यानलबाट निरन्तर छलफल भइरहेको जानकारी दिए ।https://press4k.com/

रुसी सेनामा कार्यरत नेपालीका परिवारले युद्धमा रहेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै काठमाडौँमा धर्ना दिएका थिए । प्रधानमन्त्री दाहालका जनसम्पर्क विज्ञ बुिद्ध जिसीले उनीहरूका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेसँगै धर्ना स्थगित भएको थियो । सोही प्रतिबद्धताअनुसार आज प्रधानमन्त्री दाहालले ती परिवारका सदस्यलाई भेट उच्चस्तरीय पहल गरेर युद्धमा रहेका नेपाली स्वदेश फिर्ता ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नदी मापदण्डको विरोधमा स्थानीयको प्रदर्शन (तस्बिरहरू)
नदी मापदण्डको विरोधमा स्थानीयको प्रदर्शन (तस्बिरहरू)
काठमाडौंका तीन ठाउँमा प्रदर्शन हुँदै, पाँच हजार प्रहरी र पाँच सय ट्राफिक खटिँदै
काठमाडौंका तीन ठाउँमा प्रदर्शन हुँदै, पाँच हजार प्रहरी र पाँच सय ट्राफिक खटिँदै
रौतहटमा सवारी दुर्घटना हुँदा बाबुको मृ*त्यु र छोराछोरी घाइते
रौतहटमा सवारी दुर्घटना हुँदा बाबुको मृ*त्यु र छोराछोरी घाइते
ग्रे-लिस्टबाट बाहिरिन विलासिता कर लगाइएको होः अर्थमन्त्री पौडेल
ग्रे-लिस्टबाट बाहिरिन विलासिता कर लगाइएको होः अर्थमन्त्री पौडेल
राष्ट्रियसभामा तीन विधेयक टेबुल
राष्ट्रियसभामा तीन विधेयक टेबुल
युक्रेनको राजधानीमा रुसले फेरि गर्‍यो हवाई आक्रमण, दुईजनाको मृत्यु, १३ जना घाइते
युक्रेनको राजधानीमा रुसले फेरि गर्‍यो हवाई आक्रमण, दुईजनाको मृत्यु, १३ जना घाइते
धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा
धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत
रास्वपा संसदीय दलको बैठक बस्दै
रास्वपा संसदीय दलको बैठक बस्दै
बलिदानी दिवस : मधेश प्रदेश सरकारले सहिद परिवारका सदस्यलाई तीन करोड ६१ लाख दिने घोषणा
बलिदानी दिवस : मधेश प्रदेश सरकारले सहिद परिवारका सदस्यलाई तीन करोड ६१ लाख दिने घोषणा