सर्लाही कारागारमा कैदीबन्दी व्यवस्थापनको समस्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २४, २०८१
|
|
२ पटक हेरिएको
Shares
सर्लाही कारागारमा कैदीबन्दी व्यवस्थापनको समस्या

सारांश

  • २४ वैशाख सर्लाही जिल्ला ।
  • कारागार मलंगवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ ।
  • सञ्चालनको साढे तीन महिनामै कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा धेरै भएको कारागार प्रशासनले जनाएको हो ।

२४ वैशाख सर्लाही जिल्ला । कारागार मलंगवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ ।

सञ्चालनको साढे तीन महिनामै कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा धेरै भएको कारागार प्रशासनले जनाएको हो । जिल्ला कारागार मलंगवा  सर्लाहीमा एक सय ६० जना पुरुष र ५० जना महिला गरी दुई सय १० जनाको क्षमता रहेको छ । कारागारमा महिला, पुरुष कैदीबन्दी गरेर दुई सय ४३ जना पुगेको कारागारका जेलर मनोजकुमार मिश्रले जानकारी दिए । जेलर मिश्रका अनुसार महिला सेलतर्फ २३ जना कैदीबन्दी छन् । पुरुषतर्फ दुई सय २० जना पुगेका छन् । पुरुषतर्फ कैदीबन्दी धेरै भएपछि कोठा नपुगेर बरण्डालगायतका स्थानमा व्यवस्थापन गर्नुपरेको उनले बताए । ‘महिला सेलतर्फ कम छन्’, जेलर मिश्रले भने, ‘तर, पुरुषतर्फ क्षमताभन्दा ६० जना धेरै भइसकेका छन् ।

हामीले बरण्डालगायतका ठाउँमा पङ्खा लगाएर सुत्ने व्यवस्था गरेका छौं ।’​​ ​कैदीबन्दीको सङ्ख्या धेरै हुँदा बस्ने ठाउँको अभावसँगै ट्वाइलेट, बाथरुमलगायतका ठाउँमा कैदीबन्दीलाई सकस हुन थालेको छ ।​​ नित्यकर्मका लागि निकै समय लाइन बस्नुपर्ने बाध्यता रहेको कैदीबन्दीले बताउने गरेको जेलर मिश्रले बताए । ठाउँ अभावका कारण कोचमकोच गरेर सुत्नुपर्ने अवस्था छ । कैदीबन्दीको सङ्ख्या बढ्दो क्रममा रहेकाले आगामी दिनमा थप समस्या हुने जेलर मिश्रको भनाइ छ । जिल्ला कारागार मलंगवा सर्लाही ११ वर्षपछि गत माग ७ गतेदेखि सञ्चालनमा आएको थियो । तत्कालीन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागारको उद्घाटन गरेका थिए ।

जीर्ण भएका कारण बन्द गरेर ०६९ माघदेखि निर्माण शुरू गरेको कारागार विभिन्न कारणले निर्माण सम्पन्न हुन ११ वर्ष लागेको थियो । ​ यसैबीच कारागारलाई सुधारगृहका रुपमा सञ्चालन गर्ने सरकारको नीतिअनुसार कैदीबन्दीलाई क्षमता र इच्छाअनुसार काम गर्ने वातावरण बनाइएको जेलर मिश्रले बताए । दुई पैसा आम्दानीसमेत हुने तथा व्यवस्थापनमा सहज हुनेगरी कारागारमा विभिन्न काममा कैदीबन्दीलाई जोड्ने गरिएको उनको भनाइ छ ।  कारागारमा रहेका कैदीबन्दीले बत्ती काट्ने, गलैँचा बुन्ने, कपडा सिलाउने, मुढा बनाउने, कपाल काट्ने, कपडा धुनेलगायतका काम गर्ने गरेका छन् । यसरी उनीहरुले परिवारमा आर्थिक सहयोग गरिरहेको जेलर मिश्रले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुवातास खेल्दै गरेका १६ जना भक्तपुरबाट समातिए
जुवातास खेल्दै गरेका १६ जना भक्तपुरबाट समातिए
शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै केपी ओलीविरुद्ध बानेश्वर प्रहरीमा जाहेरी
शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै केपी ओलीविरुद्ध बानेश्वर प्रहरीमा जाहेरी
स्कटल्याण्डका जर्ज मन्सेले विराटनगरबाट एनपीएल खेल्ने
स्कटल्याण्डका जर्ज मन्सेले विराटनगरबाट एनपीएल खेल्ने
कांग्रेसमा खड्का–डा.कोइराला समूहको अलग्गै कार्यक्रम, दुई दिनका लागि बैठक आब्हान
कांग्रेसमा खड्का–डा.कोइराला समूहको अलग्गै कार्यक्रम, दुई दिनका लागि बैठक आब्हान
जनकपुरमा रेलको ठक्करबाट एक जनाको मृत्यु
जनकपुरमा रेलको ठक्करबाट एक जनाको मृत्यु
मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ हिजोदेखि सुरु
मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ हिजोदेखि सुरु
काठमाडौँमा ह्वात्तै घट्यो वायु प्रदूषण, २ दिनअघि विश्वमै पहिलो नेपाल अहिले ४२ नम्बरमा
काठमाडौँमा ह्वात्तै घट्यो वायु प्रदूषण, २ दिनअघि विश्वमै पहिलो नेपाल अहिले ४२ नम्बरमा
दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर त्रिभुवन विश्वविद्यालयले बनाए कीर्तिमान
दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर त्रिभुवन विश्वविद्यालयले बनाए कीर्तिमान
देशबासीको नाममा सम्बोधन गर्दै मोदी
देशबासीको नाममा सम्बोधन गर्दै मोदी
८४ वर्षीय वृद्धले आफ्नै शरीरमा लगाए आ*गो
८४ वर्षीय वृद्धले आफ्नै शरीरमा लगाए आ*गो