चीनले १० करोड बराबरको राहत सामग्री सहयोग गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक १८, २०८०
|
|
१ पटक हेरिएको
Shares
चीनले १० करोड बराबरको राहत सामग्री सहयोग गर्ने

सारांश

  • १८ कार्तिक, काठमाडौँ ।
  • जाजरकोटमा गएको शक्तिशाली भूकम्पबाट प्रभावितहरूका लागि छिमेकी राष्ट्र चीनले १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ ।
  • नेपालका लागि चिनियाँ राजदूत चेन सङले यसबारे जानकारी दिएका हुन् ।

१८ कार्तिक, काठमाडौँ । जाजरकोटमा गएको शक्तिशाली भूकम्पबाट प्रभावितहरूका लागि छिमेकी राष्ट्र चीनले १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत चेन सङले यसबारे जानकारी दिएका हुन् । साउथ एसियन कन्ट्रीज इमरर्जेन्सी सप्लाइज रिजर्भबाट सो सहयोग गर्न लागिएको राजदूत सङको भनाई छ । राहत सामग्रीमा टेन्ट, ब्ल्याङ्केटलगायत सामग्रीहरू रहेका छन् । ती सामग्री केही दिनमा नेपाल आइपुग्ने बताउँदै उनले थप राहत पनि घोषणा गरिने बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ