संघीय संसद्को चालु अधिवेशन राति १२ बजेबाट अन्त्य हुँदै
सारांश
- १६ कार्तिक, काठमाडौं।
- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को चालु अधिवेशन अन्त्य गरेका छन्।
- उनले बिहीबार राति १२ बजेबाट अधिवेशन अन्त्य गरेका हुन्।
१६ कार्तिक, काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को चालु अधिवेशन अन्त्य गरेका छन्। उनले बिहीबार राति १२ बजेबाट अधिवेशन अन्त्य गरेका हुन्।
‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०७/१६ को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन सम्वत् २०८० कात्तिक १६ गते बिहीबार राति १२ बजेदेखि अन्त्य गरेको छु’, राष्ट्रपति पौडेलले सभामुख देवराज घिमिरेलाई पठाएको पत्रमा भनिएको छ। संघीय संसद्को यो अधिवेशन गत वैशाख २४ गतेबाट सुरु भएको थियो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया