सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ४, २०८०
|
|
२ पटक हेरिएको
Shares
सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ

सारांश

  • ४ असोज, धनगढी ।
  •   डडेल्धुुरामा एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
  • २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–३ का २२ देखि २८ वर्ष उमेर समूहका युवाहरु छन् ।

४ असोज, धनगढी ।  डडेल्धुुरामा एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

२० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–३ का २२ देखि २८ वर्ष उमेर समूहका युवाहरु छन् । उनीहरुसँगै सामूहिक बलात्कारमा संलग्न भएको भनिएका अर्का एक १८ वर्षीय किशोर भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुले युवतीमाथि फरक–फरक समय र स्थानमा सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । डडेल्धुरा प्रहरीका अनुसार पक्राउ परेकाहरु माथि गत वैशाख ५ गते नानिगाड खोलामा र गत वैशाख १२ गते साँझ डेकामा रहेको एउटा गोठमा लगेर युवातीलाई बलात्कार गरेकोे किटानी जाहेरी परेको छ । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?