मुगु हिमपहिरोमा बेपत्ता भएकाहरूको खोजी गर्न हेलिकप्टर परिचालन।
सारांश
- मुगु हिमपहिरोमा बेपत्ता भएकाहरूको खोजी गर्न हेलिकप्टर परिचालन।
- काठमाडौं।
- मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको च्यार्खु लेखमा हिमपहिरोमा परी बेपत्ता भएकाहरूको खोजीका लागि सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट सुरक्षाकर्मी घटनास्थलमा पठाइएको छ ।
मुगु हिमपहिरोमा बेपत्ता भएकाहरूको खोजी गर्न हेलिकप्टर परिचालन।
काठमाडौं। मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको च्यार्खु लेखमा हिमपहिरोमा परी बेपत्ता भएकाहरूको खोजीका लागि सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट सुरक्षाकर्मी घटनास्थलमा पठाइएको छ । जिल्ला सदरमुकाम गमगढीबाट हेलिकोप्टरमार्फत सशस्त्र र जनपथ प्रहरी गरी २० जनाको टोली घटनास्थलमा पठाइएको निमित्त प्रहरी नायब उपरीक्षक सुर्दशन पन्थीले बताए ।

गत वैशाख २२ गते इलाका प्रहरी चौकी मुगुबाट घटनास्थलतर्फ प्रहरीहरू खटाए पनि अझै घटनास्थलसम्म पुग्न नसकेपछि जिल्लाबाट थप सुरक्षाकर्मी पठाइएको उनको भनाइ छ । पैदलमार्गबाट सुरक्षाकर्मीलाई घटनास्थलसम्म पुग्न करिब ६ दिन लाग्ने भएकाले गृह मन्त्रालयको पहलमा हेलिकोप्टरमार्फत सुरक्षाकर्मी घटनास्थल पठाएर हिमपहिरोमा बेपत्ता भएका व्यक्तिको खोजी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले जनाए ।


प्रतिक्रिया