रक्षामन्त्रीले गरे सुरुङमार्ग ‘ब्रेक थ्रू’

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १२, २०८१
|
|
३४ पटक हेरिएको
Shares
रक्षामन्त्रीले गरे सुरुङमार्ग ‘ब्रेक थ्रू’

सारांश

  • रक्षामन्त्री हरिप्रसाद उप्रेतीले स्वीच दबाउँदै ब्लास्टिङ गरेर शुक्रबार सुरुङमार्ग ब्रेक थ्रू गरेका छन् ।
  • काठमाडौँ–तराई मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्ग जोडेर एक हजार ६ सय ५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग ब्रेक थ्रू गरिएको हो ।
  • यसअघि गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्ग एक हजार ६ सय ३३ मिटर लम्बाइ रहेको काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्गको ब्रेक थ्रू गरिएको थियो ।

१२ जेठ, काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले स्वीच दबाउँदै ब्लास्टिङ गरेर शुक्रबार सुरुङमार्ग ब्रेक थ्रू गरेका छन् ।

काठमाडौँ–तराई मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्ग जोडेर एक हजार ६ सय ५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग ब्रेक थ्रू गरिएको हो । यसअघि गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्ग एक हजार ६ सय ३३ मिटर लम्बाइ रहेको काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्गको ब्रेक थ्रू गरिएको थियो । रक्षामन्त्री उप्रेतीले गत हप्ता छिचोलिएको लेनडाँडा सुरङमार्गलगायत द्रुतमार्गका निर्माणाधीन संरचनाको अवलोकन पनि गरेका छन् । निर्माणको ३३ प्रतिशत काम सकिएको छ ।

द्रुतमार्गको निर्माणको काम आफ्नै कार्यकालमा सम्पन्न गर्ने र काठमाडौंलाई मध्य तराईको भूभागसम्म जोडेर तराईको यात्रामा सहज वातावरणमा निर्माण गर्ने र कृषि , व्यापार व्यवसायमा सहज बनाएर देशको अर्थतन्त्रमा सहयोग गर्ने रक्षामन्त्री उप्रेतीले उद्घाटन समारोहमा बताए ।  आफू पनि मधेसमा जन्मिएर हुर्केको र आफ्नो गृह जिल्ला सर्लाही भएकोले द्रुत मार्गको अभावले मधेसका जनताले काठमाडौँसम्म भोग्नुपरेका दुःख व्यथालाई आफूले नजिकबाट नियालेको कारण यस आयोजनालाई आफ्नै कार्यकालमा सम्पन्न गर्ने प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्यानडामा मानिसको भीडमा कार जोतिँदा ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो
क्यानडामा मानिसको भीडमा कार जोतिँदा ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो
मनहरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु, १३ जना घाइते
मनहरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु, १३ जना घाइते
विद्युत प्राधिकरण घाटामा रहेको तथ्यांक सार्वजनिक गरेपछि ऊर्जामन्त्रीसँग मागियो सदनमा जवाफ
विद्युत प्राधिकरण घाटामा रहेको तथ्यांक सार्वजनिक गरेपछि ऊर्जामन्त्रीसँग मागियो सदनमा जवाफ
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
प्रतिनिधि सभामा ‘मर्यादासम्बन्धी विधेयक’ अघि बढाउने सांसद भेटिएनन्
प्रतिनिधि सभामा ‘मर्यादासम्बन्धी विधेयक’ अघि बढाउने सांसद भेटिएनन्
देउवा पक्ष भेलाको निष्कर्ष : स्वाभिमानको कुरा छ, सानेपा जिम्मेवार हुनुपर्छ
देउवा पक्ष भेलाको निष्कर्ष : स्वाभिमानको कुरा छ, सानेपा जिम्मेवार हुनुपर्छ
दर्शक नआएपछि क्यानले घटायो लिग-२ को टिकट मूल्य
दर्शक नआएपछि क्यानले घटायो लिग-२ को टिकट मूल्य
मन्त्रिपरिषद्‌बाट शासकीय सुधारका लागि सय वटा कार्य स्वीकृत
मन्त्रिपरिषद्‌बाट शासकीय सुधारका लागि सय वटा कार्य स्वीकृत
तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न निर्देशन
तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न निर्देशन
कर्णालीका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिन्छ : मन्त्री यादव
कर्णालीका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिन्छ : मन्त्री यादव