अझै भेटिएनन् आइतबार बिहान सुमोसँगै सुनकोसीमा खसेका ३ जना

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक ३, २०८३
|
|
९४ पटक हेरिएको
Shares
अझै भेटिएनन् आइतबार बिहान सुमोसँगै सुनकोसीमा खसेका ३ जना

सारांश

  • काठमाडौँबाट खोटाङ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो आइतबार बिहान साढे २ बजेतिर सुनकोसी नदीमा खस्दा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका २८ वर्षीय हरि पुर्कुटी, २६ वर्षीय सन्तोषकुमार मुग्राती र २२ वर्षीया अप्सरा राई हराइरहेका छन्।
  • उनीहरूको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले बताए।
  • आज (सोमबार) बिहान साढे ११ बजे उनले नेपालखबरसँग भने, ‘अहिलेसम्म केही पत्ता लागेको छैन।

आइतबार बिहानै सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानस्थित सुनकोसी नदीमा सुमो खस्दा बेपत्ता ३ जना अझै फेला परेका छैनन्।

काठमाडौँबाट खोटाङ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो आइतबार बिहान साढे २ बजेतिर सुनकोसी नदीमा खस्दा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका २८ वर्षीय हरि पुर्कुटी, २६ वर्षीय सन्तोषकुमार मुग्राती र २२ वर्षीया अप्सरा राई हराइरहेका छन्।

उनीहरूको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले बताए।

आज (सोमबार) बिहान साढे ११ बजे उनले नेपालखबरसँग भने, ‘अहिलेसम्म केही पत्ता लागेको छैन। खोजी जारी छ।’

दुर्घटनामा तीन जनाको भने घटनास्थलमै मृत्यु भएको थियो।

प्रहरीका अनुसार खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङस्थित दुवेकी २१ वर्षीया युपना राई, सोही ठाउँकी १९ वर्षीया दिव्या राई र खोटेहाङ गाउँपालिका-६ इन्द्रेणीपोखरीकी १६ वर्षीया स्वस्तिका विश्वकर्माको मृत्यु भएको हो।

लफ्याङका स्थानीय जनक राईले दिएको जानकारीअनुसार युपना र दिव्या काठमाडौँ बसेर अध्ययनसँगै सामान्य रोजगारी गर्थिन्। यस्तै स्वस्तिका काठमाडौँमा माध्यमिक शिक्षा परीक्षा (एसईई) तयारी गरिरहेकी थिइन्।

दुर्घटनामा ४ जना घाइते भएका छन्।

प्रहरीका अनुसार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी शिवानी राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका १३ वर्षीय अङ्कित विश्वकर्मा, चालक ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–२ का २९ वर्षीय आशिष विश्वकर्मा घाइते भएका हुन्।

प्रहरीले दिएको जानकारीअनुसार घाइतेहरूमध्ये चालक आशीष बेहोस छन् भने सम्झनाको अवस्था गम्भीर छ।

सिन्धुलीस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि सम्झनालाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। घाइते शिवानी र अङ्कितको भने सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिए।

काठमाडौँबाट शनिबार करिब ११ बजे प्रस्थान गरेको सुमोमा चालकसहित १० जना थिए।

सुमोका चालक निदाएर दुर्घटना भएको हुन सक्ने घटनास्थल पुगेका प्रहरीको अनुमान छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सञ्चारमन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबीच भेटवार्ता
सञ्चारमन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबीच भेटवार्ता
इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४२ हजार पाँचसय पुग्यो
इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४२ हजार पाँचसय पुग्यो
सुदूरपश्चिम प्रदेशको बजेट आज प्रस्तुत हुने
सुदूरपश्चिम प्रदेशको बजेट आज प्रस्तुत हुने
एमबीबीएस पढाउँदै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान
एमबीबीएस पढाउँदै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँः राष्ट्रपति
आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँः राष्ट्रपति
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
जलेका गाडीको नाममा इन्धन दुरुपयोग :अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहेताको निर्देशन
जलेका गाडीको नाममा इन्धन दुरुपयोग :अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहेताको निर्देशन
बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
रवि लामिछानेकोे चुनावि खर्च ९ लाख ८९ हजार
रवि लामिछानेकोे चुनावि खर्च ९ लाख ८९ हजार
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...