३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख रुपैयाँ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २, २०८३
|
|
१८५ पटक हेरिएको
Shares
३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख रुपैयाँ

सारांश

  • नुवाकोटकी सन्तमाया तामाङले आन्तरिक राजस्व विभागको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन् ।
  • दसैँका अवसरमा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट ३ हजार रुपैयाँको सामग्री खरिद गरी बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट बम्पर उपहारका लागि छनोट भएको हो ।
  • काठमाडौंको विशाल बजारमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीको बटन थिचेर बम्पर तथा दैनिक विजेताको घोषणा गरेका थिए ।

१ कात्तिक, काठमाडौं । नुवाकोटकी सन्तमाया तामाङले आन्तरिक राजस्व विभागको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन् ।

दसैँका अवसरमा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट ३ हजार रुपैयाँको सामग्री खरिद गरी बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट बम्पर उपहारका लागि छनोट भएको हो ।

काठमाडौंको विशाल बजारमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीको बटन थिचेर बम्पर तथा दैनिक विजेताको घोषणा गरेका थिए । विजेता घोषणा भएलगत्तै उनीहरूले तामाङलाई फोन गरेर १० लाख रुपैयाँ जितेको जानकारी गराएका थिए ।

सुरुमा कसैले जिस्क्याएको ठानेकी तामाङलाई कलाकारद्वयले यो नेपाल सरकारको आधिकारिक कार्यक्रम भएको बताएपछि आफूले उपहार जितेको विश्वास लागेको थियो ।

आन्तरिक राजस्व विभागका अनुसार कार्यक्रममा बम्पर उपहारबाहेक १६ जना दैनिक विजेता पनि छनोट भएका छन् । असोज १६ देखि ३१ गतेसम्मका प्रत्येक दिनका एक–एक जना विजेताले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

दैनिक उपहारको घोषित राशि जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ भए पनि कर कट्टीपछि विजेताको खातामा १ लाख रुपैयाँ जम्मा हुनेछ ।

विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले उपभोक्तामा सामान तथा सेवा खरिद गर्दा बिल लिने बानीको विकास गराउन कार्यक्रम सञ्चालन गरिएको बताए ।

उनका अनुसार असोज १६ देखि ३१ गतेसम्मको अवधिमा २ लाख ७५ हजार ८८४ कारोबार बिल प्रविष्ट गरेर कार्यक्रममा सहभागी भएका थिए । क्यूआर भुक्तानीमार्फत स्वत: दर्ता भएका ३ करोड ७४ लाख ७८ हजार ३८० कारोबारसमेत जोड्दा कुल ३ करोड ७७ लाख ५५ हजार २६४ कारोबार उपहार छनोट प्रक्रियामा समावेश भएका थिए ।

बम्पर तथा दैनिक उपहारका सबै विजेताले आगामी कात्तिक १५ गतेभित्र आफूले सामान खरिद गर्दा प्राप्त गरेको सक्कल बिलसहित नजिकैको आन्तरिक राजस्व कार्यालयमा पुगेर पुरस्कार दाबी गर्नुपर्ने विभागले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब बढि
६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब बढि
सर्लाहीको चन्द्रनगरमा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर
सर्लाहीको चन्द्रनगरमा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर
नजिकको मृ*त्यु र हाम्रो सफलता कथा: उच्च जोखिम गर्भावस्थामा हाम्रो यात्रा
नजिकको मृ*त्यु र हाम्रो सफलता कथा: उच्च जोखिम गर्भावस्थामा हाम्रो यात्रा
एनआरएनएभित्र राजनीति नगर्न परराष्ट्रमन्त्रीको आग्रह
एनआरएनएभित्र राजनीति नगर्न परराष्ट्रमन्त्रीको आग्रह
आज अधिकांश भागको मौसम सफा, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
आज अधिकांश भागको मौसम सफा, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
प्रचण्ड सरकारले ११ हजार नक्कली भूकम्प पीडित खडा गरेको प्रधानमन्त्री ओलीको आरोप
प्रचण्ड सरकारले ११ हजार नक्कली भूकम्प पीडित खडा गरेको प्रधानमन्त्री ओलीको आरोप
करोडौंको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
करोडौंको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
२ सय ४० किलो चरेससहित दुई जना पक्राउ
२ सय ४० किलो चरेससहित दुई जना पक्राउ
लुम्बिनी प्रदेशका वन मन्त्री कुर्मीद्वारा राजीनामा
लुम्बिनी प्रदेशका वन मन्त्री कुर्मीद्वारा राजीनामा
सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति
सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...