नारायणी नदीमा आमा–छोरा बेपत्ता, छोरीको उद्धार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २९, २०८३
|
|
९३ पटक हेरिएको
Shares
नारायणी नदीमा आमा–छोरा बेपत्ता, छोरीको उद्धार

सारांश

  • बुधबार साँझ नदीमा खुट्टा धुने क्रममा उनीहरूलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए।
  • ‘साँझ इभिनिङ वाकको लागि छोराछोरीलाई साथमै लिएर नारायणी नदी किनारमा गएकी महिला र छोरालाई बाढीले बगाएको हो,’ श्रेष्ठले भने।
  • बेपत्ता हुनेमा चितवनको खैरहनी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१२ मुनालचोकस्थित मामाघरमा बस्दै आएकी ३२ वर्षीया सिर्जना शर्मा र उनका ६ वर्षीय छोरा प्रसिद्ध छन्।

चितवनको नारायणगढ बजारस्थित पशुपति मन्दिर नजिकैबाट नारायणी नदीमा बगेर आमा र छोरा बेपत्ता भएका छन्।

बुधबार साँझ नदीमा खुट्टा धुने क्रममा उनीहरूलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए। ‘साँझ इभिनिङ वाकको लागि छोराछोरीलाई साथमै लिएर नारायणी नदी किनारमा गएकी महिला र छोरालाई बाढीले बगाएको हो,’ श्रेष्ठले भने।

बेपत्ता हुनेमा चितवनको खैरहनी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१२ मुनालचोकस्थित मामाघरमा बस्दै आएकी ३२ वर्षीया सिर्जना शर्मा र उनका ६ वर्षीय छोरा प्रसिद्ध छन्।

नदीमा डुबेकी सिर्जनाकी ११ वर्षीया छोरी प्रसिद्धि पौडेलको भने प्रहरीले उद्धार गरेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बेपत्ता आमा–छोराको खोजीका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनसहितको उद्धार टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात महिनामा बिमा कम्पनीद्वारा पौने ४१ अर्ब दाबी भुक्तानी
सात महिनामा बिमा कम्पनीद्वारा पौने ४१ अर्ब दाबी भुक्तानी
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औं जयन्ती मनाइँदै
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औं जयन्ती मनाइँदै
बाँकेमा खेतमा गाडिएको अवस्थामा बालकको शव फेला
बाँकेमा खेतमा गाडिएको अवस्थामा बालकको शव फेला
रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा सुरु
रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा सुरु
नेप्सेमा गिरावट,६ अर्ब ५ करोडको मात्र कारोबार
नेप्सेमा गिरावट,६ अर्ब ५ करोडको मात्र कारोबार
वीरगञ्जमा हैंजा संक्रमण : विद्यालय तीन दिनका लागि बन्द
वीरगञ्जमा हैंजा संक्रमण : विद्यालय तीन दिनका लागि बन्द
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान र उनकी पत्नीलाई १७ वर्षको जेल सजाय
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान र उनकी पत्नीलाई १७ वर्षको जेल सजाय
सर्लाही सदरमुकाम मलंगवामा ४ दिनकालागि निषेधाज्ञा आदेश जारी।
सर्लाही सदरमुकाम मलंगवामा ४ दिनकालागि निषेधाज्ञा आदेश जारी।
आज सहिद दिवस, सहिदको बलिदान सम्झँदै देशभर श्रद्धाञ्जली कार्यक्रम
आज सहिद दिवस, सहिदको बलिदान सम्झँदै देशभर श्रद्धाञ्जली कार्यक्रम
झापा-५ मा कुनै जोखिम नरहेको एमालेको दाबी
झापा-५ मा कुनै जोखिम नरहेको एमालेको दाबी
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...