राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री बालेन न्युयोर्क जाँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ६, २०८३
|
|
६८ पटक हेरिएको
Shares
राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री बालेन न्युयोर्क जाँदै

सारांश

  • प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् ।
  • अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ त्यसतर्फ जान लागेका हुन् ।
  • प्रधानमन्त्री शाहले महासभामा ८ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ ।

६ असोज, काठमाडौं ।

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्री शाहले महासभामा ८ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ । उनले भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरबारेमा राष्ट्रसंघको ध्यानाकर्षण गराउने छन् । महासभामा भाग लिन यसअघि ४ असोजमा परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली न्युयोर्क प्रस्थान गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?