प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १६, २०८३
|
|
७ पटक हेरिएको
Shares
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

सारांश

  • प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।
  •  मंगलबार बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा प्रतिनिधिसभाको आगामी बैठक कहिले राख्ने र के कस्ता एजेन्डा अगाडि बढाउने भनेर छलफल हुनेछ ।
  •  यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्काल प्रतिनिधिसभाको बैठक बोलाउन माग गरेको थियो ।

१६ भदौ, काठमाडौं ।

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । मंगलबार बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा प्रतिनिधिसभाको आगामी बैठक कहिले राख्ने र के कस्ता एजेन्डा अगाडि बढाउने भनेर छलफल हुनेछ । यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्काल प्रतिनिधिसभाको बैठक बोलाउन माग गरेको थियो । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सोमबार सभामुख डोलप्रसाद अर्याललाई भेटेर भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाको काम प्रभावकारी बनाउन तत्काल प्रतिनिधिसभाको बैठक राख्न बोलाउन माग गरेका थिए ।

१० भदौमा बाढी गएको थियो । त्यसको भोलिपल्ट ११ भदौपछि रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकले संसद्बाटै सर्वदलीय अधिकार सम्पन्न उच्चस्तरीय संसदीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो । प्रस्तावित संयन्त्रले विपद्का बेला उद्धार र राहत वितरणको अनुगमन गर्ने तथा आवश्यक निर्देशन दिने अधिकार पाउने भनिएको थियो । भोटेकोशी विपद्‌मा सर्वदलीय सहकार्य अलपत्र आङ्देम्बेले यस्तो अधिकार सम्पन्न संयन्त्र गठन गर्न संसद् बैठक बस्नैपर्ने भएकाले ढिलाइ नगरी संसद् सञ्चालनका लागि पहल गर्न सभामुख अर्याललाई आग्रह गरेका थिए । यो विषयमा पनि आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ