रसुवा बाढीमा मधेशका १७४ जना सम्पर्कविहीन, २३ जना सम्पर्कमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र १३, २०८३
|
|
४२ पटक हेरिएको
Shares
रसुवा बाढीमा मधेशका १७४ जना सम्पर्कविहीन, २३ जना सम्पर्कमा

सारांश

  • रसुवामा आएको बाढी तथा विपद्का क्रममा मधेश प्रदेशका विभिन्न जिल्लाबाट पुगेका १७४ जना सम्पर्कविहीन भएका छन् ।
  • परिवार तथा आफन्तजनले निवेदन तथा टेलिफोन मार्फत टपाएको आधारमा मधेश प्रदेश प्रहरी कार्यालयले तथ्यांक बनाएको प्रवक्ता एसएसपी प्रभु प्रसाद ढकालले जानकारी दिए।
  • मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरले उपलब्ध गराएको थ्यांकअनुसार रसुवामा सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै सप्तरीका ४८ जना छन् ।

 

१३ भदौ, जनकपुरधाम ।

रसुवामा आएको बाढी तथा विपद्का क्रममा मधेश प्रदेशका विभिन्न जिल्लाबाट पुगेका १७४ जना सम्पर्कविहीन भएका छन् । परिवार तथा आफन्तजनले निवेदन तथा टेलिफोन मार्फत टपाएको आधारमा मधेश प्रदेश प्रहरी कार्यालयले तथ्यांक बनाएको प्रवक्ता एसएसपी प्रभु प्रसाद ढकालले जानकारी दिए। मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरले उपलब्ध गराएको थ्यांकअनुसार रसुवामा सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै सप्तरीका ४८ जना छन् । त्यसैगरी पर्साका ३९, बाराका २३, रौतहटका १७, महोत्तरीका १७, सर्लाहीका १५, सिरहाका १० र धनुषाका ५ जना रहेका छन्

प्रहरीका अनुसार सम्पर्कविहीन भएकामध्ये केही रसुवाका विभिन्न जलविद्युत् आयोजना तथा अन्य क्षेत्रमा काम गर्ने क्रममा त्यहाँ पुगेका थिए । सूचीमा पर्साका ज्ञानबहादुर थिङ, श्यामलाल तोक्तान र ओमजर अन्सारी सम्पर्कमा आएको उल्लेख छ। त्यस्तै रौतहटका शेख कामिजलसहित केही व्यक्ति पनि सम्पर्कमा आएका छन् । प्रहरीको अद्यावधिक विवरणमा सप्तरीतर्फ पनि केही व्यक्ति सम्पर्कमा आएको उल्लेख छ । सप्तरीका अजय हरिजनको अवस्था सम्पर्कमा आएको जनाइएको छ। यसैगरी अन्य जिल्लाका केही व्यक्तिका सम्बन्धमा पनि परिवार तथा आफन्तबाट सम्पर्कमा आएको जानकारी प्राप्त भएको प्रहरीको विवरणमा उल्लेख छ । सम्पर्कविहीन भएकाहरूमा पर्साका वीरगञ्ज महानगरपालिका–२२ का सरराज मियाँ, साहबुमिन अन्सारी, सरसाज मियाँ, समीर मियाँ र राहुल मियाँलगायत छन् ।

पर्साकै विभिन्न स्थानका उमेश प्रसाद, वीर किशोर कुमार, रामचरण कुमार, विनय कुमार साह, सञ्जय साह सोनार, सुरज माझी, सागर मण्डल, सुनिल यादव, रिजवान अन्सारी, आरभ चौधरी, अशोक चौधरीया, लक्ष्मी पटेललगायतको नाम पनि सूचीमा छ । बारातर्फ श्रीनिवास महतो धानुक, सुमित कुमार मण्डल र निरज कुमार कुशवाहालगायतको नाम सूचीमा छ। रौतहटबाट पनि विनोद भगत, अभिषेक गुप्ता, गौरव साह, शेख कामिजल, समीर चन्द्रौरी, शंकरदेवीलगायतको नाम प्रहरीको विवरणमा समेटिएको छ । सप्तरीतर्फ सुरज चौधरी, रञ्जनदेवी चौधरी, मनीष कुमार मण्डल, धनञ्जय मण्डल, अजय कुमार यादव, हरिनारायण यादव, साजन चौधरी, बालेन्द्र चौधरीलगायतको नाम विवरणमा छ । मधेश प्रदेश प्रहरी कार्यालयले सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा अवस्थाबारे जानकारी संकलन गर्ने कार्य जारी राखेको जनाएको छ । बाढी प्रभावित क्षेत्रमा सञ्चार तथा यातायात सम्पर्क अवरुद्ध हुँदा परिवार तथा आफन्तसँग तत्काल सम्पर्क हुन नसकेको अवस्था रहेकाले सम्पर्कमा नआएका व्यक्तिहरूको अवस्थाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हाम्रा दूतावास कुखुराको खोरभन्दा साना छन् : परराष्ट्रमन्त्री
हाम्रा दूतावास कुखुराको खोरभन्दा साना छन् : परराष्ट्रमन्त्री
कास्की कारागारबाट भागेका ३४८ कैदीबन्दी फर्किए, ४२५ जना अझै फरार
कास्की कारागारबाट भागेका ३४८ कैदीबन्दी फर्किए, ४२५ जना अझै फरार
निर्वाचनका लागि सेना परिचालन गर्न सुरक्षा परिषद्को सिफारिस
निर्वाचनका लागि सेना परिचालन गर्न सुरक्षा परिषद्को सिफारिस
४ लाख ५० हजार घुससहित वडाध्यक्ष पक्राउ
४ लाख ५० हजार घुससहित वडाध्यक्ष पक्राउ
१८ महिनाभित्र मुद्दा टुङ्ग्याउने र सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना
१८ महिनाभित्र मुद्दा टुङ्ग्याउने र सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना
ट्रक र टिप्पर ठाेक्किँदा एक जनाकाे मृत्यु, एक घाइते
ट्रक र टिप्पर ठाेक्किँदा एक जनाकाे मृत्यु, एक घाइते
काठमाडौंमा राजावादीहरुको प्रदर्शन जारी
काठमाडौंमा राजावादीहरुको प्रदर्शन जारी
प्रचण्डले गरे गल्तीको आत्मआलोचनादेखि प्रधानमन्त्रीमाथि प्रश्नैप्रश्न [पूर्णपाठ]
प्रचण्डले गरे गल्तीको आत्मआलोचनादेखि प्रधानमन्त्रीमाथि प्रश्नैप्रश्न [पूर्णपाठ]
पहाडी भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
पहाडी भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
प्रधानमन्त्रीलाई गगनको सुझाव : मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्ने
प्रधानमन्त्रीलाई गगनको सुझाव : मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्ने