वाम एकताको प्रयास छोड्नु हुँदैन : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख १०, २०८१
|
|
८३ पटक हेरिएको
Shares
वाम एकताको प्रयास छोड्नु हुँदैन : प्रचण्ड

सारांश

  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरुको एकताका लागि प्रयास जारी राख्नुपर्ने बताएका छन् ।
  • नेकपाका संस्थापक नरबहादुर कर्माचार्य प्रतिष्ठानले सोमबार ललितपुरको च्यासलमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
  • विगतमा चुनाव मिलेर लडेको र पार्टी एकता गरेको तर बचाउन नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘०७४ को चुनावमा जे प्रयोग हामीले गर्यौँ ।

१० वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरुको एकताका लागि प्रयास जारी राख्नुपर्ने बताएका छन् ।

नेकपाका संस्थापक नरबहादुर कर्माचार्य प्रतिष्ठानले सोमबार ललितपुरको च्यासलमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । विगतमा चुनाव मिलेर लडेको र पार्टी एकता गरेको तर बचाउन नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘०७४ को चुनावमा जे प्रयोग हामीले गर्यौँ । त्यो एकताको प्रयोग थियो र त्यसलाई जनता र आम नेता, कार्यकर्ताले अनुमोदन गरेको पनि हो । विभिन्न कारणले त्यसलाई बचाउन सकेनौँ । तर एकपटक असम्भव भयो भन्दैमा सही कामको निम्ति हामीले प्रयासलाई छोड्न हुँदैन । हामी निरन्तर प्रयास गरी नै राख्नुपर्छ ।’ राष्ट्रिय स्वाधिनताको विषय, त्यसको सुदृढीकरण, लोकतन्त्रको सुदृढीकरण र जनताका दैनिक समस्या समाधानका निम्ति समाजवादको विकल्प नभएको भन्दै उनले त्यसका लागि सबै कम्युनिष्ट पार्टीहरु एक हुनुपर्ने धारणा राखे ।

‘समाजवाद नै अबको क्रान्तिको बाटो हो । कुनै न कुनै रुपले सहकार्य र कुनै न कुनै रुपले एकतामा जान आवश्यक छ,’ उनले भने । त्यसका लागि धेरै जोखिम र चुनौति रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय एकताको निम्ति जोखिम उठाउनुपर्ने बताए । ‘चुनौतिको सामना र जोखिमहरु उठाउँदै अघि बढ्ने कम्युनिष्ट आन्दोलन र वर्ग संघर्षको नियम नै हो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘जोखिम छन् तर राष्ट्रिय एकताको निम्ति जोखिम उठाउन, राष्ट्रिय स्वाधिनता, वामपन्थी एकताको निम्ति जोखिम उठाउनु, कम्युनिष्ट आन्दोलनको राम्रो भविष्यको निम्ति जोखिम उठाउनु राम्रो हो । त्यसमा हामी सबैले साथ र सहयोग गर्नुपर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, सोसल मिडियामाथिको प्रतिबन्ध हटाउने तयारी
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, सोसल मिडियामाथिको प्रतिबन्ध हटाउने तयारी
नेपाली राजनीतिको संस्थापन माओवादी, अरु शक्ति प्रतिपक्ष : प्रचण्ड
नेपाली राजनीतिको संस्थापन माओवादी, अरु शक्ति प्रतिपक्ष : प्रचण्ड
बाजुरामा औषधि व्यवसायीको विरोध : अव्यावहारिक प्रावधान खारेज गर्नुपर्ने माग
बाजुरामा औषधि व्यवसायीको विरोध : अव्यावहारिक प्रावधान खारेज गर्नुपर्ने माग
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
गणतन्त्र पक्षधर र राजावादी समूहको आज प्रदर्शन, कस्तो होला ट्राफिक ?
गणतन्त्र पक्षधर र राजावादी समूहको आज प्रदर्शन, कस्तो होला ट्राफिक ?
सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्ति पक्राउ
सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्ति पक्राउ
मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
बढ्यो सुनको मूल्य, आज कति पुग्यो?
बढ्यो सुनको मूल्य, आज कति पुग्यो?
एम्बुलेन्स सेवामा एकरूपता: सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’
एम्बुलेन्स सेवामा एकरूपता: सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’
झ्याप्ले खोलाको पहिरोमा थप सवारीसाधन पुरिएको आशङ्कामा पुनः खोजी गरिँदै
झ्याप्ले खोलाको पहिरोमा थप सवारीसाधन पुरिएको आशङ्कामा पुनः खोजी गरिँदै
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...