एसएसपीदेखि एआईजीसम्म १५ अधिकृत मधेशमा खटिए, को–कहाँ ? (सूचीसहित)

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण १५, २०८३
|
|
९२ पटक हेरिएको
Shares
एसएसपीदेखि एआईजीसम्म १५ अधिकृत मधेशमा खटिए, को–कहाँ ? (सूचीसहित)

सारांश

  • तराई–मधेशमा विकसित पछिल्लो घटनाक्रमको सुरक्षा आकलन गर्दै प्रहरी प्रधान कार्यालयले एसएसपीदेखि एआईजीसम्मका १५ अधिकृतलाई तराई मधेश खटाइएको छ ।
  • प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार १५ उच्च अधिकृतलाई तराई–मधेश परिचालन गरिएको हो ।
  • १० साउनका राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच विवाद हुँदा सुरक्षाकर्मीको गोलीले लागेर एक जनाको ज्यान गएको थियो ।

१५ साउन, काठमाडौं ।

तराई–मधेशमा विकसित पछिल्लो घटनाक्रमको सुरक्षा आकलन गर्दै प्रहरी प्रधान कार्यालयले एसएसपीदेखि एआईजीसम्मका १५ अधिकृतलाई तराई मधेश खटाइएको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार १५ उच्च अधिकृतलाई तराई–मधेश परिचालन गरिएको हो । १० साउनका राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच विवाद हुँदा सुरक्षाकर्मीको गोलीले लागेर एक जनाको ज्यान गएको थियो ।

त्यसपछि यही विषयलाई कारण देखाउँदै तराईका मोरङ, सुनसरी, सिरहा, धनुषा लगायत जिल्लाहरुमा तनाव सिर्जन भएको छ । आगजनी तोडफोडका घटना भएका छन् । कर्फ्यु लगाउँदै सेना परिचालन गरिएको छ । अहिलेसम्म तीन जनाको ज्यान गएको छ । यही घटनाका लागि थप प्रहरी जनशक्ति तराई केन्द्रीत बनाइएको हो । स्रोत साधनको परिचालन, प्रभाकारी मूल्यांकन, नीति निर्देशक, सुरक्षा कार्ययोजना, सूचना संकलन तथा विश्लेषण र आवश्यकता अनुसार फिल्डमा खटिएर काम गर्न उच्च अधिकृतहरुलाई परिचालन गरिएको हो । उनीहरुले प्रदेश र जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी सहजीकरण गर्ने बताइएको छ ।

को कहाँ खटिए ?

एआईजी सिद्धीविक्रम शाह– बाँके

एआईजी हिमालय कुमार श्रेष्ठ– मधेश प्रदेश

एआईजी उमा प्रसाद चतुर्वेदी– कपिलवस्तु

एआईजी ईश्वर कार्की–कोशी प्रदेश 

डीआईजी दिनेश कुमार आचार्य – सिरहा

डीआईजी अबि नारायण काफ्ले–सप्तरी

एसएसपी गोपाल चन्द्र भट्टराई –सर्लाही

एसएसपी सोमेन्द्र सिंह राठौर – पर्सा

एसएसपी दीप शम्शेर जबरा–रौतहट

एसएसपी नवराज अधिकारी– चितवन

एसएसपी कृष्ण प्रसाद पंगेनी– महोत्तरी

एसएसपी होबिन्द्र बोगटी– बारा

एसएसपी ज्ञानेन्द्र प्रसाद फुयाँल– मोरङ

एसएसपी भुवनेश्वर तिवारी– धनुषा

एसएसपी अमरेन्द्र बहादुर सिंह – मधेश

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते
दमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते
एमाले महाधिवेशनमा आज उम्मेदवारी दर्ता, सहमति प्रयास पनि जारी
एमाले महाधिवेशनमा आज उम्मेदवारी दर्ता, सहमति प्रयास पनि जारी
अर्घाखाँचीको शितगंगामा बस दुर्घटना, चार जनाको मृत्यु
अर्घाखाँचीको शितगंगामा बस दुर्घटना, चार जनाको मृत्यु
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश
कपिलवस्तुका तत्कालीन वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कपिलवस्तुका तत्कालीन वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
विमानस्थलबाट १ किलो १०० ग्राम सुनसहित १ जना पक्राउ
कारोबारमा संलग्न नभएको छविको दाबी, प्रहरीले भेट्यो हस्ताक्षरसहितको चेक
कारोबारमा संलग्न नभएको छविको दाबी, प्रहरीले भेट्यो हस्ताक्षरसहितको चेक
राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन
राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन
नागरिकता विधेयकमा २५ जना सांसदले दिए संशोधन प्रस्ताव
नागरिकता विधेयकमा २५ जना सांसदले दिए संशोधन प्रस्ताव
डा. बाबुराम भट्टराईलाई अभिभावकीय भूमिकामा राख्दै प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा
डा. बाबुराम भट्टराईलाई अभिभावकीय भूमिकामा राख्दै प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा