देवताल गाउँपालिकाको सार्वजनिक अनुरोध!
देवताल गाउँपालिकाको सार्वजनिक अनुरोध!

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १०, २०८३
|
|
२६१ पटक हेरिएको
Shares
विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

सारांश

  • आगामी आर्थिक वर्ष २०८३÷८४ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन गर्ने सम्बन्धमा बनेको ‘विनियोजन ऐन, २०८३’ प्रमाणीकरण भएसँगै बजेट कार्यान्वयनको कानुनी बाटो खुलेको छ ।
  • राष्ट्रपतिबाट २०८३ साल असार ३० गते प्रमाणीकरण भएको यो ऐन संवत् २०८३ साल साउन १ गतेदेखि लागू भएको छ ।
  • यस ऐनले सरकारलाई आगामी आर्थिक वर्षका लागि तोकिएको सीमाभित्र रहेर खर्च गर्ने वैधानिक अख्तियारी प्रदान गरेको छ ।

 

काठमाडौं ।

आगामी आर्थिक वर्ष २०८३÷८४ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन गर्ने सम्बन्धमा बनेको ‘विनियोजन ऐन, २०८३’ प्रमाणीकरण भएसँगै बजेट कार्यान्वयनको कानुनी बाटो खुलेको छ ।राष्ट्रपतिबाट २०८३ साल असार ३० गते प्रमाणीकरण भएको यो ऐन संवत् २०८३ साल साउन १ गतेदेखि लागू भएको छ । यस ऐनले सरकारलाई आगामी आर्थिक वर्षका लागि तोकिएको सीमाभित्र रहेर खर्च गर्ने वैधानिक अख्तियारी प्रदान गरेको छ ।ऐनको व्यवस्थाअनुसार आर्थिक वर्ष २०८३÷८४ का लागि कुल १७ खर्ब ६ अर्ब ३ करोड २४ लाख रुपैयाँ (रु. १७,०६,०३,२४,००,०००÷–) विनियोजन गरिएको छ ।

यस कुल बजेटमध्ये चालू खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थातर्फको रकम समावेश छ । ऐनले विभिन्न संवैधानिक निकाय, मन्त्रालय र विभागहरूलाई अनुसूचीमा उल्लेख भएबमोजिमको सीमाभित्र रहेर खर्च गर्न अनुमति दिएको छ ।ऐनमा बजेट कार्यान्वयनलाई व्यवस्थित र पारदर्शी बनाउन रकमान्तर तथा स्रोतान्तर सम्बन्धी कडा व्यवस्था गरिएको छ । कुनै एक शीर्षकबाट अर्को शीर्षकमा रकम सार्दा कुल विनियोजित रकमको १० प्रतिशतभन्दा नबढ्ने गरी मात्र रकमान्तर गर्न पाइने प्रावधान राखिएको छ । साथै, पुँजीगत खर्चका लागि विनियोजित रकमलाई चालू खर्चमा रकमान्तर गर्न नपाइने गरी वित्तीय अनुशासन कायम गर्न खोजिएको छ ।

 

अन्तर–सरकारी वित्त हस्तान्तरण अन्तर्गत प्रदेश र स्थानीय तहका लागि पठाइने वित्तीय समानीकरण अनुदानलाई चार किस्तामा हस्तान्तरण गर्ने व्यवस्था गरिएको छ । जसअनुसार भदौ २, कात्तिक २, माघ २ र वैशाख २ गते गरी चार पटकमा रकम पठाइनेछ । ससर्त अनुदानको हकमा भने कार्यप्रगति र प्रतिवेदनका आधारमा रकम निकासा गरिने ऐनमा उल्लेख छ । परियोजना कार्यान्वयनको हकमा, बहुवर्षीय खरिद प्रक्रिया अघि बढाउँदा मध्यमकालीन खर्च संरचनाको सीमाभित्र रहनुपर्ने र आयोजना बैंकमा प्रविष्ट भएका योजनाहरूलाई मात्र प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको छ । बजेट प्रणालीभन्दा बाहिर (एक्स्ट्रा बजेटरी) जाने निकायहरूले पनि प्रचलित कानुनबमोजिम अनिवार्य रूपमा आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराउनुपर्ने व्यवस्था गरी वित्तीय उत्तरदायित्वलाई थप मजबुत बनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षकबाटै कुटिए आन्दोलनमा आएका शिक्षक
शिक्षकबाटै कुटिए आन्दोलनमा आएका शिक्षक
पासपोर्ट र भिसाबिना वीरगञ्जको होटलमा बस्ने बंगलादेशी नागरिक पक्राउ
पासपोर्ट र भिसाबिना वीरगञ्जको होटलमा बस्ने बंगलादेशी नागरिक पक्राउ
आज सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
आज सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
जनकपुरमा लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किए
जनकपुरमा लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किए
उद्यमी र मध्यमवर्गीय परिवारको बोझ घटाइने
उद्यमी र मध्यमवर्गीय परिवारको बोझ घटाइने
सिरोहियालाई आज तेस्रो पटक म्याद थपका लागि अदालतमा पेश गरिँदै
सिरोहियालाई आज तेस्रो पटक म्याद थपका लागि अदालतमा पेश गरिँदै
शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्ता
शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्ता
नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरु बन्नु हुँदैनः सचिव भट्टराई
नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरु बन्नु हुँदैनः सचिव भट्टराई
मन्त्रिपरिषद् बढीमा ११ सदस्यीय हुने, गैरराजनीतिक व्यक्ति मात्र रहने
मन्त्रिपरिषद् बढीमा ११ सदस्यीय हुने, गैरराजनीतिक व्यक्ति मात्र रहने
मनसुनका बेला मधेश प्रदेश सुक्खाग्रस्त घोषणा
मनसुनका बेला मधेश प्रदेश सुक्खाग्रस्त घोषणा