शनिबार घटेको विदेशी मुद्राहरूको विनिमयदर आज कति?

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १०, २०८३
|
|
२८३ पटक हेरिएको
Shares
शनिबार घटेको विदेशी मुद्राहरूको विनिमयदर आज कति?

सारांश

  • आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनासहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ।
  • शनिबार यी सबैजसो मुद्राको मूल्य घटेको थियो।
  •   आज अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ।

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनासहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ। शनिबार यी सबैजसो मुद्राको मूल्य घटेको थियो।  आज अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही  थियो।  गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरी आज युरो १ को खरिददर १७५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा छ। आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०६ रुपैयाँ १८ पैसा निर्धारण भएको छ।  आज अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०८ रुपैयाँ २४ पैसा छ।  त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ५०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ५०२ रुपैयाँ ९६ पैसा छ।  आज बहराइन दिनार १ को खरिददर ४०८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४१० रुपैयाँ ५८ पैसा निर्धारण भएको छ।  यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज दुई वटा संसदीय समितिको बैठक बस्दै
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
अर्घाखाँचीमा बस दुर्घटना, तीन जनाको मृत्यु
अर्घाखाँचीमा बस दुर्घटना, तीन जनाको मृत्यु
विराटनगर विमानस्थलबाट साढे ६ लाखसहित उपसचिव पक्राउ
विराटनगर विमानस्थलबाट साढे ६ लाखसहित उपसचिव पक्राउ
वाइवाइविरुद्ध फेसबुकमा लेखेको आधारमा ५ करोड दाबी गर्दै हालेको मुद्दा चौधरी ग्रुपले हार्यो
वाइवाइविरुद्ध फेसबुकमा लेखेको आधारमा ५ करोड दाबी गर्दै हालेको मुद्दा चौधरी ग्रुपले हार्यो
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक
ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
जनताको बिचार बोक्न नसक्ने पार्टी मात्रै बुढो हुन्छ : डा. राजन भट्टराई
जनताको बिचार बोक्न नसक्ने पार्टी मात्रै बुढो हुन्छ : डा. राजन भट्टराई
पीडितलाई न्याय दिने विषयमा सबै दलको एक मत छः सभापति देउवा
पीडितलाई न्याय दिने विषयमा सबै दलको एक मत छः सभापति देउवा
अध्यक्षले एक घण्टामा बन्छ भनेको हुलाकी सडक तीन दिनसम्म पनि बनेन
अध्यक्षले एक घण्टामा बन्छ भनेको हुलाकी सडक तीन दिनसम्म पनि बनेन
पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झटको अवस्था आउन नदिन प्रधानमन्त्रीको निर्देशन
पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झटको अवस्था आउन नदिन प्रधानमन्त्रीको निर्देशन