रोल्पामा गोठालो गएका दुई महिला पहिरोमा बेपत्ता, खोजी जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ९, २०८३
|
|
१६४ पटक हेरिएको
Shares
रोल्पामा गोठालो गएका दुई महिला पहिरोमा बेपत्ता, खोजी जारी

सारांश

  • रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार दिउँसो पहिरो जाँदा २ महिला बेपत्ता भएका छन् ।
  • जिल्ला प्रहरी कार्यालयका अनुसार, दिउँसो करिब १:१० बजे गाईबाख्रा चराइरहेका बेला माथिबाट एक्कासी पहिरो खसेको थियो ।
  • पहिरोमा केही पशुचौपाया पुरिएका छन् ।

९ साउन, रोल्पा ।

रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार दिउँसो पहिरो जाँदा २ महिला बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, दिउँसो करिब १:१० बजे गाईबाख्रा चराइरहेका बेला माथिबाट एक्कासी पहिरो खसेको थियो । पहिरोमा केही पशुचौपाया पुरिएका छन् । प्रहरीले विवरण संकलन गर्ने क्रममा दिउँसो ४:२० बजेसम्म दुई जना महिला पहिरोमा बेपत्ता भएको जनाएको छ । यद्यपि उनीहरूको अवस्थाबारे भने प्रहरीले यकिन नभइसकेको जनाएको छ ।

उनीहरूको परिचय तथा पशुचौपायाको क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । उद्धार तथा खोजी कार्यलाई तीव्र बनाउन इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ । प्रहरीले खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ भने घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?