सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

रोल्पामा गोठालो गएका दुई महिला पहिरोमा बेपत्ता, खोजी जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ९, २०८३
|
|
२७२ पटक हेरिएको
Shares
रोल्पामा गोठालो गएका दुई महिला पहिरोमा बेपत्ता, खोजी जारी

सारांश

  • रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार दिउँसो पहिरो जाँदा २ महिला बेपत्ता भएका छन् ।
  • जिल्ला प्रहरी कार्यालयका अनुसार, दिउँसो करिब १:१० बजे गाईबाख्रा चराइरहेका बेला माथिबाट एक्कासी पहिरो खसेको थियो ।
  • पहिरोमा केही पशुचौपाया पुरिएका छन् ।

९ साउन, रोल्पा ।

रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार दिउँसो पहिरो जाँदा २ महिला बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, दिउँसो करिब १:१० बजे गाईबाख्रा चराइरहेका बेला माथिबाट एक्कासी पहिरो खसेको थियो । पहिरोमा केही पशुचौपाया पुरिएका छन् । प्रहरीले विवरण संकलन गर्ने क्रममा दिउँसो ४:२० बजेसम्म दुई जना महिला पहिरोमा बेपत्ता भएको जनाएको छ । यद्यपि उनीहरूको अवस्थाबारे भने प्रहरीले यकिन नभइसकेको जनाएको छ ।

उनीहरूको परिचय तथा पशुचौपायाको क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । उद्धार तथा खोजी कार्यलाई तीव्र बनाउन इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ । प्रहरीले खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ भने घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?