पुष्पलाल स्मृति दिवस मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ७, २०८३
|
|
१३ पटक हेरिएको
Shares
पुष्पलाल स्मृति दिवस मनाइँदै

सारांश

  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज मनाइँदै छ ।
  • आज देशभर विभिन्न कार्यक्रम गरी पुष्पलाल स्मृति दिवस मनाउन लागिएको हो ।
  • विसं २००६ वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उनले भारतको कोलकातामा नेकपा स्थापना गरेका थिए ।

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज मनाइँदै छ । आज देशभर विभिन्न कार्यक्रम गरी पुष्पलाल स्मृति दिवस मनाउन लागिएको हो । विसं २००६ वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उनले भारतको कोलकातामा नेकपा स्थापना गरेका थिए । नेकपा स्थापना गर्नुअघि विसं १९९८ मा उनले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गरेका थिए ।

विसं १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि बढाएका थिए । उनी सहिद गंगालालको भाइ थिए । पुष्पलालले कार्लमाक्र्स र फेडरिक एङगेल्सद्वारा लिखित ‘कम्युनिस्ट मेनिफेस्टो’ को पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुका साथै विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्ग विश्लेषण गरेका थिए । नेपाली कांग्रेसलगायत प्रजातान्त्रिक शक्तिसँग मिलेर संयुक्त जनआन्दोलन गरी पञ्चायती व्यवस्था परास्त गर्नुपर्छ भन्ने मत राखेका थिए । उनको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
सत्ता गठबन्धनको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल, यस्ता छन् दलहरूले दिएका सुझाव
सत्ता गठबन्धनको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल, यस्ता छन् दलहरूले दिएका सुझाव
काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न, १८.४८ प्रतिशत बजेट खर्च
काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न, १८.४८ प्रतिशत बजेट खर्च
आज हटाइएका सुकुमवासीलाई पाँच स्थानमा राखिने
आज हटाइएका सुकुमवासीलाई पाँच स्थानमा राखिने
ग्रामीण सडकःमार्ग खुलको १४ वर्षपछि स्तरोन्नति
ग्रामीण सडकःमार्ग खुलको १४ वर्षपछि स्तरोन्नति
जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, बदल्न हो : रवि लामिछाने
जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, बदल्न हो : रवि लामिछाने
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सप्तरीमा डाँका समूहद्वारा एक जनाको ह*त्या, नगद र गहना लुटपाट
सप्तरीमा डाँका समूहद्वारा एक जनाको ह*त्या, नगद र गहना लुटपाट
उद्योग वाणिज्य महासंघको ६० औँ साधारणसभामा नयाँ कार्यसमितीका लागि मतदान सुरु
उद्योग वाणिज्य महासंघको ६० औँ साधारणसभामा नयाँ कार्यसमितीका लागि मतदान सुरु
प्रधानमन्त्रीओलीलाई महामन्त्री थापाको सुझाव
प्रधानमन्त्रीओलीलाई महामन्त्री थापाको सुझाव