सप्तकोसीमा बढ्यो पानीको बहाव, ४९ ढोका खोलियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ३, २०८३
|
|
८३ पटक हेरिएको
Shares
सप्तकोसीमा बढ्यो पानीको बहाव, ४९ ढोका खोलियो

सारांश

  •   निरन्तरको वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव तीव्र गतिमा बढ्दै गएको स्थानीय प्रशासनले जनाएको छ।
  • पानीको बहाव र जलस्तर तीव्ररूपमा गएपछि ४९ वटा फाटक (ढोका) खोलिएको छ।
  • जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार हजारौँ क्यूसेकको रफ्तारमा पानीको बहाव बढ्दै गएको हो।

३ साउन, काठमाडौं । 

निरन्तरको वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव तीव्र गतिमा बढ्दै गएको स्थानीय प्रशासनले जनाएको छ। पानीको बहाव र जलस्तर तीव्ररूपमा गएपछि ४९ वटा फाटक (ढोका) खोलिएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार हजारौँ क्यूसेकको रफ्तारमा पानीको बहाव बढ्दै गएको हो। सप्तरी प्रशासनले दिएको जानकारीअनुसार दिउँसो २ बजेसम्म एक लाख ८१ हजार ६ सय क्युसेक रहेकोमा दिउँसो ४ बजेसम्म एक लाख ९० हजार ३९० क्युसेकको रफ्तारले बढेको छ।

पानीको बहावसँगै जलस्तर बढ्दै गएपछि कोसीका ५६ वटा फाटकमध्ये ४९ वटा फाटक खोलिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिएका छन्। पानीको स्तर बढ्दै गएको दृष्टिगत गर्दै रातो बत्ती बालिएको छ। कोसीमा पानीको बहाव एक लाख ५० हजार क्यूसेक नाघेपछि उच्च सतर्कताको संकेतस्वरूप रातो बत्ती बाल्ने नियम रहेको छ। पानीको बहाव तीव्र गतिमा बढ्दै गएपछि सप्तरी प्रशासनले सम्भावित बाढी, डुबान र कटानको जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बढ्दो जलप्रवाहको अवस्थाबारे जानकारी लिन सप्तरीका प्रमुख जिल्ला अधिकारी थापाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका अधिकारीहरूसँगै कोसी ब्यारेजको स्थलगत निरीक्षण गरेका थिए। अनुगमनपछि प्रमुख जिल्ला अधिकारी थापाले जिल्लामा विपद् प्रतिकार्य योजना प्रभावकारीरूपमा कार्यान्वयन गर्न निर्देशननै दिएका थिए। उनका अनुसार बाढीजन्य जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित सबै निकायको जिम्मेवारी निर्धारण गरिसकिएको छ भने आवश्यक निर्देशन समेत दिइसकिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहामा बालक हत्या प्रकरण : आफन्तसहित ८ जना छिमेकी पक्राउ
सिरहामा बालक हत्या प्रकरण : आफन्तसहित ८ जना छिमेकी पक्राउ
विवाहमा विवाद : कुटपिटबाट युवकको मृत्यु, दुईजना समातिए
विवाहमा विवाद : कुटपिटबाट युवकको मृत्यु, दुईजना समातिए
माघीमा देवघाट स्नान गर्ने तीर्थालुको घुइँचो
माघीमा देवघाट स्नान गर्ने तीर्थालुको घुइँचो
विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो
विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छः मन्त्री अधिकारी
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छः मन्त्री अधिकारी
थाइल्याण्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ
थाइल्याण्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ
एक घण्टामै साढे ८ अर्बको सेयर कारोबार, नेप्सेले नाघ्यो २९००
एक घण्टामै साढे ८ अर्बको सेयर कारोबार, नेप्सेले नाघ्यो २९००
विराटनगरमा प्रहरीको नाममा अपहरण र लुटपाट, वाईसीएल कार्यकर्तासहित ३ जना पक्राउ
विराटनगरमा प्रहरीको नाममा अपहरण र लुटपाट, वाईसीएल कार्यकर्तासहित ३ जना पक्राउ
मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै
गृहमन्त्रीको घोषणा : सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउँदैछौं
गृहमन्त्रीको घोषणा : सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउँदैछौं