उखु किसानको रकम नतिर्ने अन्नपूर्ण चिनी मिलका मालिक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ३०, २०८३
|
|
९०१ पटक हेरिएको
Shares
उखु किसानको रकम नतिर्ने अन्नपूर्ण चिनी मिलका मालिक पक्राउ

सारांश

  • सर्लाहीको धनकौलमा सञ्चालनमा रहेको अन्नपूर्ण चिनी मिलका मालिक शैलेन्द्र गुप्ता र विनोद साह कलवार पक्राउ परेका छन् ।
  • जिल्ला प्रहरी कार्यालय सर्लाहीले किसानको उजुरीका आधारमा गत बिहीबार दुवै जनालाई नियन्त्रणमा लिएको हो ।
  • उखु किसानहरूले मिलले लामो समयदेखि आफूहरूको भुक्तानी नदिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

३० असार, सर्लाही । सर्लाहीको धनकौलमा सञ्चालनमा रहेको अन्नपूर्ण चिनी मिलका मालिक शैलेन्द्र गुप्ता र विनोद साह कलवार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले किसानको उजुरीका आधारमा गत बिहीबार दुवै जनालाई नियन्त्रणमा लिएको हो । उखु किसानहरूले मिलले लामो समयदेखि आफूहरूको भुक्तानी नदिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार दुवै जनालाई ठगीसम्बन्धी आरोपमा पक्राउ गरिएको हो ।

‘किसानहरूको उखुको करोडौं रुपैयाँ भुक्तानी लामो समयदेखि बाँकी रहेको र त्यसबाट हजारौं किसान प्रभावित भएको भन्ने उजुरीका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको हो,’ डीएसपी गौतमले भने ।

उखु किसानहरूले वर्षौंदेखि आफ्नो बक्यौता रकम नपाएको गुनासो गर्दै आएका छन्। रकम भुक्तानी नहुँदा आफूहरू आर्थिक समस्यामा परेको किसानहरूको भनाइ छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । पक्राउ परेका मिल सञ्चालकमाथि ठगीसम्बन्धी कसुरमा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशमा बसेर फेसबुक ह्याक गरी ब्ल्याकमेल गर्ने नेपाल फर्केपछि पक्राउ
विदेशमा बसेर फेसबुक ह्याक गरी ब्ल्याकमेल गर्ने नेपाल फर्केपछि पक्राउ
रामेछापमा बोलेरो दुर्घटना: वडा सदस्यको मृत्यु, ४ जना घाइते
रामेछापमा बोलेरो दुर्घटना: वडा सदस्यको मृत्यु, ४ जना घाइते
अहिले लुटेराहरूको सरकार छ‚ सरकारी संस्था डुबाउन लागिपरेको छ : प्रभु साह
अहिले लुटेराहरूको सरकार छ‚ सरकारी संस्था डुबाउन लागिपरेको छ : प्रभु साह
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाउन सांसदहरूको माग
शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाउन सांसदहरूको माग
मधेशमा चाडपर्व लक्षित ७ हजार बढी प्रहरी परिचालन गरिने
मधेशमा चाडपर्व लक्षित ७ हजार बढी प्रहरी परिचालन गरिने
सिंहदरबारबाट प्रधानमन्त्री ओलीले गरे सगरमाथा संवादको घोषणा,
सिंहदरबारबाट प्रधानमन्त्री ओलीले गरे सगरमाथा संवादको घोषणा,
परीक्षा नियन्त्रक कार्यालय विराटनगरमा अखिल क्रान्तिकारीले लगायो ताला
परीक्षा नियन्त्रक कार्यालय विराटनगरमा अखिल क्रान्तिकारीले लगायो ताला
११ महिनामा सुक्खाबन्दरगाहबाट रु ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन
११ महिनामा सुक्खाबन्दरगाहबाट रु ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...