१२ श्रावण २०८२, आईतवार

सिन्धुलीमा एनसेल टावरमा विस्फोट

२९ चैत, काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको छ ।

बुधबार राति करिब १ बजेतिर विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट टावरका तारहरू जलेको र अहिले आसपासको क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी विनोद शर्माले जानकारी दिए । विस्फोट गरिएको ठाउँ वरपर जनमुक्ति सेना नेपालको पर्चा भेटिएको एसपी शर्माले बताए । विस्फोट गर्नेहरू अहिलेसम्म पक्राउ परेका छैनन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0

Post Comment

छुटाउनुभयो कि ?