लगातार पाँचौं दिन घट्यो सेयर बजार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ १२, २०८३
|
|
१४२ पटक हेरिएको
Shares
लगातार पाँचौं दिन घट्यो सेयर बजार

सारांश

  • लगातार पाँचौ कारोबार दिन शुक्रबार सेयर बजार घटेको छ ।
  • बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २ अंक घटेको हो ।
  • यसअघि हिजो ८.

१२ असार, काठमाडौं ।

लगातार पाँचौ कारोबार दिन शुक्रबार सेयर बजार घटेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २ अंक घटेको हो । यसअघि हिजो ८.५० अंक घटेको थियो । सो अंकको कमीपछि नेप्से २६४९ अंकमा कायम भएको छ । त्यस्तै एक महिनाको अवधिमा नेप्से १३७ अंक घटेको छ । जेठ ११ गते नेप्से २७८६ अंकमा थियो । कारोबार रकम बढेको छ । अघिल्लो दिन २ अर्ब ८३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९४ करोडको भयो । ८५ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने २० को स्थिर रह्यो ।

होटल तथा पर्यटन ०.२३, जलविद्युत् ०.०६, निर्जीवन बीमा ०.५४ तथा व्यापार १.०८ प्रतिशत बढे । बैंकिङ ०.०६, विकास बैंक ०.२७, फाइनान्स ०.३१, लगानी ०.५८, जीवन बीमा ०.०५, उत्पादन तथा प्रशोधन ०.३८, माइक्रोफाइनान्स ०.५६ तथा अन्य ०.०८ प्रतिशत घटे । हालै सूचीकृत भएका ३ नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ ।  स्नो रिभर फल्स, टक्सार पिखुवाखोला र याम्बलिङ हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो ।   यो वृद्धिपछि स्नो रिभरको मूल्य ३४३.५० रुपैयाँ पुगेको छ ।

त्यस्तै टक्सार पिखुवाखोला र याम्बलिङको मूल्य ६०३.२० रुपैयाँ पुगेको छ । कालिका लघुवित्तको मूल्य सबैभन्दा धेरै १०. ७६ प्रतिशत घट्यो । सप्तकोशी विकास बैंकको ९.४५ तथा सोपान फर्मास्युटिकल्सको ४.०५ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत, सिटी होटल, रिलायन्स स्पिनिङ मिल्स, सोपान फर्मायुटिकल्स तथा सप्तकोशी विकास बैंक छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?