सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो :सभापति थापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १५, २०८३
|
|
१५४ पटक हेरिएको
Shares
सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो :सभापति थापा

सारांश

  • नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले भूमिहिन, सुकुम्बासीको व्यवस्थापनमा सरकार चुकेको बताएका छन् ।
  • नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार आयोजना गरेको विस्थापनको व्याकुलताः सहरी सुकुम्बासीको स्वास्थ्य र मनोसामाजिक संघर्षको विश्लेषण ग्रिन टेबल छलफल कार्यक्रममा यस्तो बताएका हुन् बोल्दै उनले बाहिरबाट हेर्दा खोला किनारको अव्यवस्थित बस्ती देखिएपनि नागरिकको लागि सबै थोक त्यही भएको थापाले बताए ।
  • ‘सुकुम्बासीको समस्या हल गर्न नेपालको संविधानमा आवासको हक सुनिश्चित गरिएको छ,’ थापाले भने, ‘कानुन अनुसार सुकुम्बासीको व्यवस्थापन गर्नुपर्नेमा हठात्मा उठाउने काम भयो ।

१५ जेठ, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले भूमिहिन, सुकुम्बासीको व्यवस्थापनमा सरकार चुकेको बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार आयोजना गरेको विस्थापनको व्याकुलताः सहरी सुकुम्बासीको स्वास्थ्य र मनोसामाजिक संघर्षको विश्लेषण ग्रिन टेबल छलफल कार्यक्रममा यस्तो बताएका हुन् बोल्दै उनले बाहिरबाट हेर्दा खोला किनारको अव्यवस्थित बस्ती देखिएपनि नागरिकको लागि सबै थोक त्यही भएको थापाले बताए ।

‘सुकुम्बासीको समस्या हल गर्न नेपालको संविधानमा आवासको हक सुनिश्चित गरिएको छ,’ थापाले भने, ‘कानुन अनुसार सुकुम्बासीको व्यवस्थापन गर्नुपर्नेमा हठात्मा उठाउने काम भयो ।’ खोलाको छेउमा कुनै सुकुम्बासी रहरले नभई बाध्यताले बसेकाले मानवीय सम्बेदना ध्यानदिनुपर्ने थापाले बताए । ‘भूमिहिन, सुकुम्बासीलाई कहाँ कसरी सार्ने व्यवस्थित योजना बनाएर सार्नुपथ्र्यो,’ थापाले भने, ‘राति सुतेका सुकुम्बासीका टहरा विहान उठ्दा डोजर लगेर भत्काउनु अमानवीय कार्य हो ।’ सरकारले गरिवीका विरुद्ध काम गर्नुपर्नेमा गरिबका विरुद्धमा काम गरेको टिप्पणी गरे । ‘गरिवी र गरिव फरक विषय हुन्,’ थापाले भने, ‘कोही पनि रहरले गरिब हुँदैन ।’

सभापति थापाले सुकुम्बासी तथा भूमिहीन समुदायका समस्यालाई संवेदनशील र मानवीय ढंगले समाधान गर्नुपर्ने आवश्यकता औँल्याए । सफाइ वा व्यवस्थापनको नाममा नागरिकलाई घरबारविहीन बनाउनु उपयुक्त नहुने उनको धारणा थियो । सरकारको कार्यप्रणालीप्रति टिप्पणी गर्दै थापाले प्रतिपक्षको भूमिकाबाट सरकारलाई सचेत गराउनु र सही दिशा देखाउनु आफ्नो दायित्व भएको बताए । बसोबास असुरक्षित हुँदा, बालबालिकाको शिक्षा र दैनिकी अनिश्चित बन्दा प्रभावित परिवारमा तनाव, चिन्ता र अवसादजस्ता मानसिक समस्या बढ्दै गएको उनले उल्लेख गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न श्रीलंका इच्छुक
गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न श्रीलंका इच्छुक
विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा
विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा
सहकारी ठगी प्रकरणमा फरार रहेकी लेखा समिति सभापतिकी श्रीमती अदालतमा हाजिर
सहकारी ठगी प्रकरणमा फरार रहेकी लेखा समिति सभापतिकी श्रीमती अदालतमा हाजिर
रास्वपाले गर्यो संगठन सुदृढीकरणदेखि उपनिर्वाचन तयारीसम्म ६ बुँदे निर्णय
रास्वपाले गर्यो संगठन सुदृढीकरणदेखि उपनिर्वाचन तयारीसम्म ६ बुँदे निर्णय
आज कामिका एकादशी
आज कामिका एकादशी
भंगहाका मेयरले सीडीओलाई बुझाए नगरपालिका कार्यालयको साँचो
भंगहाका मेयरले सीडीओलाई बुझाए नगरपालिका कार्यालयको साँचो
मुलुकमा शान्ति सुरक्षाको समग्र अवस्था ठिक छ: गृहमन्त्री रमेश लेखक
मुलुकमा शान्ति सुरक्षाको समग्र अवस्था ठिक छ: गृहमन्त्री रमेश लेखक
चौथोपटक विश्वासको मत लिँदै प्रचण्ड, अवरोध गर्ने कांग्रेसको संकेत
चौथोपटक विश्वासको मत लिँदै प्रचण्ड, अवरोध गर्ने कांग्रेसको संकेत
सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने मन्त्रिपरिषद्को निर्णय
सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने मन्त्रिपरिषद्को निर्णय
प्रधानमन्त्री र १३ नियोगका प्रमुखबीच छलफल : श्रम आप्रवासन र मानव तस्करी प्रमुख एजेन्डा
प्रधानमन्त्री र १३ नियोगका प्रमुखबीच छलफल : श्रम आप्रवासन र मानव तस्करी प्रमुख एजेन्डा