स्थानीय सरकारलाई प्रभावकारी बनाउन राष्ट्रपतिको जोड

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ७, २०८३
|
|
३७२ पटक हेरिएको
Shares
स्थानीय सरकारलाई प्रभावकारी बनाउन राष्ट्रपतिको जोड

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि स्थानीय सरकारको भूमिका अझ महत्त्वपूर्ण र जिम्मेवार बनेको बताएका छन् ।
  • सुनसरीको कोसी गाउँपालिकामा नवनिर्मित लौकही सिटी हल उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै उनले जनताका आधारभूत आवश्यकता र अपेक्षाअनुसार विकास निर्माणका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।
  • राष्ट्रपति पौडेलले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएकाले प्रभावकारी सेवा प्रवाह, सुशासन र विकास निर्माणमा सक्रिय हुनुपर्ने बताए ।

 

७ जेठ, विराटनगर ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि स्थानीय सरकारको भूमिका अझ महत्त्वपूर्ण र जिम्मेवार बनेको बताएका छन् । सुनसरीको कोसी गाउँपालिकामा नवनिर्मित लौकही सिटी हल उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै उनले जनताका आधारभूत आवश्यकता र अपेक्षाअनुसार विकास निर्माणका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।

राष्ट्रपति पौडेलले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएकाले प्रभावकारी सेवा प्रवाह, सुशासन र विकास निर्माणमा सक्रिय हुनुपर्ने बताए । संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य र मान्यताअनुसार काम गर्दै जनविश्वास कायम राख्न स्थानीय तहहरू दत्तचित्त भएर लाग्नुपर्ने उनको भनाइ थियो । ग्रामीण क्षेत्रमा आधुनिक तथा बहु उपयोगी सिटी हल निर्माण हुनु सकारात्मक उपलब्धि भएको उल्लेख गर्दै उनले यसले संघ, प्रदेश र स्थानीय तहबिचको सहकार्यको उदाहरण प्रस्तुत गरेको बताए । उनले सप्तकोसी नदी किनार क्षेत्रको ऐतिहासिक, धार्मिक र पर्यटकीय सम्भावनाको चर्चा गर्दै बराहक्षेत्र, रामधुनी, पिण्डेश्वर, दन्तकाली र बुढासुब्बाजस्ता धार्मिक स्थललाई पर्यटनसँग जोडेर विकास गर्न आग्रह गरे ।

वि.सं. २०६५ सालमा कोसी बाँध फुट्दा विस्थापित भएको बस्ती पुनः स्थापित भई विकासका गतिविधि अघि बढेको देख्दा खुसी लागेको उल्लेख गर्दै उनले बाढी र विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारीमा विशेष ध्यान दिन तीनै तहका सरकारलाई आग्रह गरे । उद्घाटन समारोहमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोसी टप्पु वन्यजन्तु आरक्षको व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी प्रदेश सरकारलाई हस्तान्तरण गर्न संघीय सरकारसँग माग गरेका छन् । मुख्यमन्त्री कार्कीले प्रचुर पर्यटकीय सम्भावना हुँदाहुँदै संघीय सरकारको मातहतमा रहँदा कोसी टप्पुको अपेक्षित विकास र प्रवद्र्धन हुन नसकेको गुनासो गरे । यदि आरक्षको जिम्मेवारी प्रदेश सरकारलाई दिइए आवश्यक भौतिक संरचना निर्माण गर्दै जैविक विविधताको संरक्षणसहित यसलाई मुलुककै नमुना पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता उनले जनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपालको केन्द्रीय समिति बैठक जारी
जसपा नेपालको केन्द्रीय समिति बैठक जारी
गृहमन्त्री अर्यालले गरे थानकोट प्रहरी वृत्त र नागढुंगा प्रभागको निरीक्षण
गृहमन्त्री अर्यालले गरे थानकोट प्रहरी वृत्त र नागढुंगा प्रभागको निरीक्षण
निर्वाचनका दिन पनि पर्यटक आवागमन नरोक्ने सरकारको रणनीति
निर्वाचनका दिन पनि पर्यटक आवागमन नरोक्ने सरकारको रणनीति
सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति हर्क राईको आपत्ति
सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति हर्क राईको आपत्ति
पूर्वराष्ट्रपति भण्डारीले भोलि सक्रिय राजनीतिमा ‘फर्किने घोषणा’ गर्ने !
पूर्वराष्ट्रपति भण्डारीले भोलि सक्रिय राजनीतिमा ‘फर्किने घोषणा’ गर्ने !
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, पर्यटन विधेयकमा दफावार छलफल हुने
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, पर्यटन विधेयकमा दफावार छलफल हुने
कारागारबाट भागेका ७ कैदी झापाबाट पक्राउ
कारागारबाट भागेका ७ कैदी झापाबाट पक्राउ
दसैँअगाडि हरियाली छाउँदै बन्द भयो सेयरबजार
दसैँअगाडि हरियाली छाउँदै बन्द भयो सेयरबजार
सुनको मूल्य हालसम्मकै उच्च, प्रतिताेला कति पुग्याे ?
सुनको मूल्य हालसम्मकै उच्च, प्रतिताेला कति पुग्याे ?
बेथिति र भ्रष्टाचारलाई बचाउने कोसिस नगर्न सरकारलाई प्रचण्डको चेतावनी
बेथिति र भ्रष्टाचारलाई बचाउने कोसिस नगर्न सरकारलाई प्रचण्डको चेतावनी