Press 4K
शनिबार, ९ श्रावण २०८३

भवन उद्घाटन गर्दै महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १०, २०८३
|
|
२९७ पटक हेरिएको
Shares
भवन उद्घाटन गर्दै महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ

सारांश

  • नेपाल प्रहरी अन्तर्गतको ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्कको पुनःनिर्मित कार्यालय भवनको बिहीबार एक विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
  • कार्यक्रममा बोल्दै नेपाल प्रहरीका महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले भवन निर्माणमा सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरे ।
  • उनले नागरिकस्तरबाट प्राप्त सहयोग र सद्भावले प्रहरी संगठनलाई थप जिम्मेवार बनाएको उल्लेख गरे ।

 

१० वैशाख,काठमाडौं ।

नेपाल प्रहरी अन्तर्गतको ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्कको पुनःनिर्मित कार्यालय भवनको बिहीबार एक विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कार्यक्रममा बोल्दै नेपाल प्रहरीका महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले भवन निर्माणमा सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरे । उनले नागरिकस्तरबाट प्राप्त सहयोग र सद्भावले प्रहरी संगठनलाई थप जिम्मेवार बनाएको उल्लेख गरे ।

उनले भने, ‘यो भवन निर्माणको माध्यमले नागरिक तहबाट जुन न्यानो माया प्राप्त भएको छ त्यसको लागि म भवननिर्माण समितिका सम्पूर्ण पदाधिकारीज्यूहरु, भवन निर्माण गर्न सहयोग गर्ने सबैलाई हार्दिक नमन गर्दछु । कार्कीले सुरक्षा बहुआयामिक विषय भएको उल्लेख गर्दै भ्रूण अवस्थादेखि लिएर स्वास्थ्य, खाद्य, कानुनी तथा जिउधनको सुरक्षासम्मका पक्षहरू महत्वपूर्ण रहेको बताए । उनले विशेषगरी सडक सुरक्षालाई अत्यन्तसंवेदनशील क्षेत्रका रूपमा औंल्याउँदै नागरिकहरू घरबाट बाहिरिएपछि सुरक्षित रूपमा गन्तव्यमा पुग्न र पुनः परिवारसँग फर्किन पाउने वातावरण सुनिश्चित गर्नु प्रहरीको मुख्य दायित्व भएको बताए ।

‘सामान्यतया सुरक्षाको कुरा गर्दा सुरक्षाभित्र एउटा नागरिक जन्मिदा गर्भमा रहेको भ्रूणको सुरक्षा हुन्छ । जन्मपछि स्वास्थ्य सुरक्षा, खाद्य सुरक्षाको कुरा हुन्छ । कानुनी सुरक्षाका कुरा हुन्छन् । जिउँधनको सुरक्षा महत्वपूर्ण हुन्छ । यस्तो सुरक्षाको अंश चाँही सबै सुरक्षाका विषयहरुभन्दा अझ महत्वपूर्ण छ । एउटा व्यक्ति घरबाट बाहिर निस्किएपछि सुरक्षित रुपमा बाटोमा हिड्न सकोस् र सुरक्षित हिसावले बाहिर गएको मान्छे घरमा परिवारसँग फेरिफर्केर आएर मिल्न सकोस् । त्यो बाटोमा हिँड्दाखेरि कतै अवरोध नहोस्, कोही खाल्डोमा नछिरोस्, ढलबाट छिरेर बागमति वा विष्णुमतिको खोलामा झर्न नपरोस् । सवारी साधनले ठक्कर दिएर घाइते भयो भन्ने सुन्न नपरोस्, मृत्यु भयो भन्न सुन्न नपरोस् । सबै सुरक्षाका बृहत्तर विषयभित्र प्रहरी आवद्ध छौं,’ उनले भने ।

उनले सडकमा हुने दुर्घटना, अव्यवस्थित ढल तथा खाल्डाखुल्डी जस्ता जोखिमबाट नागरिकलाई जोगाउन आवश्यक रहेको धारणा राखे । साथै, सवारी साधन सञ्चालनका क्रममा चालकको अवस्था, मादक पदार्थ वा लागूपदार्थ सेवनजस्ता विषयले यात्रुको सुरक्षामा पार्ने प्रभावप्रति पनि प्रहरी सजग रहनुपर्ने बताए । कार्यक्रममा उनले ट्राफिक प्रहरीहरूको कार्यपरिस्थितिबारे पनि चर्चा गर्दै दिनभर सडकमा खटिने प्रहरीका लागि आधारभूत सुविधा आवश्यक हुने उल्लेख गरे । ‘सेवा चाहिने तर बस्ने ठाउँ नहुने अवस्था स्वीकार्य हुन सक्दैन,’ उनले भने। ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्कको पूरानो भवन २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीबाट नष्ट भएको थियो । पुनःनिर्माणपछि सञ्चालनमा आएको नयाँ भवनले सेवा प्रवाहमा सहजता ल्याउने विश्वास गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुरबाट बरहथवा आउँदै गरेको बस महोत्तरीमा दुर्घटना, ६ जना गम्भीर घाइते
जनकपुरबाट बरहथवा आउँदै गरेको बस महोत्तरीमा दुर्घटना, ६ जना गम्भीर घाइते
समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नामावली सार्वजनिक
समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नामावली सार्वजनिक
प्रधानमन्त्री ओलीले भोलि मधेश प्रदेशसभामा सम्बोधन गर्ने
प्रधानमन्त्री ओलीले भोलि मधेश प्रदेशसभामा सम्बोधन गर्ने
निजामती ऐनअन्तर्गत ३६ वटा नियम बनाउने अधिकार सरकारमै रहने प्रस्ताव
निजामती ऐनअन्तर्गत ३६ वटा नियम बनाउने अधिकार सरकारमै रहने प्रस्ताव
संसदीय समिति बैठकमा २ मिनेट नबसी बाहिरिए देउवा
संसदीय समिति बैठकमा २ मिनेट नबसी बाहिरिए देउवा
तीनकुने घटना: सविन र सुरेशलाई सहिद घोषणा गर्न राप्रपाको माग
तीनकुने घटना: सविन र सुरेशलाई सहिद घोषणा गर्न राप्रपाको माग
सेयर बजारका सबै सूचक घटे, नेप्से २६२७ अंकमा
सेयर बजारका सबै सूचक घटे, नेप्से २६२७ अंकमा
तिखो प्रश्न गर्ने जगदीशलाई सञ्चार मन्त्रालयकै जिम्मा
तिखो प्रश्न गर्ने जगदीशलाई सञ्चार मन्त्रालयकै जिम्मा
सङ्घीय सरकारलाई बागमतीका अर्थमन्त्रीको चुनौती– आफ्नो चालु खर्च घटाएर देखाउनुहोस्
सङ्घीय सरकारलाई बागमतीका अर्थमन्त्रीको चुनौती– आफ्नो चालु खर्च घटाएर देखाउनुहोस्
महालेखाले बुझायो राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन
महालेखाले बुझायो राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...