सेयर बजार १३ अंक घट्यो, ४ कम्पनी बढे १५ प्रतिशत

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ७, २०८३
|
|
१८४ पटक हेरिएको
Shares
सेयर बजार १३ अंक घट्यो, ४ कम्पनी बढे १५ प्रतिशत

सारांश

  • साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से १३.
  • १७ अंक घटेको छ ।
  • सो गिरावटसँगैनेप्से परिसूचक २८२५ अंकमा झरेको छ ।

७ वैशाख, काठमाडौं ।

साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से १३.१७ अंक घटेको छ । सो गिरावटसँगैनेप्से परिसूचक २८२५ अंकमा झरेको छ । कारोबार सुरु भएको ६ मिनेटमै नेप्से २८४५ अंकसम्म पुगेको थियो, जुन विन्दु आजका लागि अधिकतम रह्यो ।

अघिल्लो कारोबार दिन नेप्से ५ अंक बढेको थियो । आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४३ करोडमा खुम्चियो । ६५ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने ६ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.०१ प्रतिशत बढेको छ । योबाहेक सबै समूहका सूचक घटे । बैंकिङ ०.८४, विकास बैंक ०.१६, फाइनान्स ०.७० प्रतिशत घटे ।

हाइड्रोपावर ०.२३, लगानी ०.८४ जीवन बीमा ०.६२, उत्पादन तथा प्रशोधन ०.८४, माइक्रोफाइनान्स ०.४९, निर्जीवन बीमा ०.११, अन्य ०.४० र व्यापार समूह ०.३३ प्रतिशत घटे । घटेका समूहगत सूचकको गिरावट दर १ प्रतिशतभन्दा कम रह्यो । ४ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । कम्पनीको सेयर मूल्य १५ प्रतिशतसम्म घटबढ हुन सक्ने व्यवस्था आजदेखि लागु भएसँगै यी ४ कम्पनीको मूल्य १५ प्रतिशत बढेको हो । १५ प्रतिशत मूल्य बढेका कम्पनीमा सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर छन् । त्यस्तै झापा इनर्जीको मूल्य ११.८८, रिजलाइन इनर्जीको १०.९९ तथा सुपर खुदी हाइड्रोपावरको मूल्य ५.३५ प्रतिशत मूल्य बढ्यो ।

दोल्ती पावरको मूल्य सबैभन्दा धेरै ५.३५ तथा एसियन हाइड्रोपावरको ४.५० प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा होटल फरेस्ट इन, सोलु हाइड्रोपावर, नेसनल हाइड्रोपावर, आँखुखोला जलविद्युत् र रिलायन्स स्पिनिङ मिल्स छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशी हस्तक्षेपविरुद्ध सात राजनीतिक दलले काठमाडौँमा विरोध प्रदर्शन गर्दै
विदेशी हस्तक्षेपविरुद्ध सात राजनीतिक दलले काठमाडौँमा विरोध प्रदर्शन गर्दै
दिनहुँ भूकम्प गइरहेको छ, सुरक्षितपूर्वक बस्नुहोला : प्रधानमन्त्री
‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम सांसद साहद्वारा बहिष्कार
‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम सांसद साहद्वारा बहिष्कार
पार्टी बदनाम गराउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड
पार्टी बदनाम गराउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड
न्यूजील्याण्डले दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै
न्यूजील्याण्डले दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै
बला*त्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवालाई ३ वर्ष जेल सजाय
बला*त्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवालाई ३ वर्ष जेल सजाय
जनकपुरमा राष्ट्रिय झण्डासहित सात राजनीतिक दलको प्रदर्शन
जनकपुरमा राष्ट्रिय झण्डासहित सात राजनीतिक दलको प्रदर्शन
कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
प्रकाश तामाङलाई चार दिन भित्रमै नागरिकता दिन प्रधानमन्त्री ओलीको निर्देशन;
प्रकाश तामाङलाई चार दिन भित्रमै नागरिकता दिन प्रधानमन्त्री ओलीको निर्देशन;
सिराहा र सुनसरीमा मोटरसाइकलको ठक्करबाट ३ जनाको मृत्यु, २ घाइते
सिराहा र सुनसरीमा मोटरसाइकलको ठक्करबाट ३ जनाको मृत्यु, २ घाइते