देउवा पक्ष भेलाको निष्कर्ष : स्वाभिमानको कुरा छ, सानेपा जिम्मेवार हुनुपर्छ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख ६, २०८३
|
|
२१० पटक हेरिएको
Shares
देउवा पक्ष भेलाको निष्कर्ष : स्वाभिमानको कुरा छ, सानेपा जिम्मेवार हुनुपर्छ

सारांश

  • नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको छ ।
  • विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई सर्वोच्च अदालतले आधिकारिकता प्रदान गरेपछि आगामी रणनीति तय गर्न भन्दै बसेको देउवा समूहका पूर्वकेन्द्रीय सदस्यहरूको भेलाले यस्तो निष्कर्ष निकालेको हो ।
  • ‘सर्वोच्चको निर्णयपछि कुन हिसाबले जाने भन्नेबारे विशेष महाधिवेशनमा सहभागी नभएकाहरूको छलफल हो,’ नेता कुन्दनराज काफ्लेले भने, ‘अब कुन हिसाबले जाने भनेर छलफल सुरु भएको हो ।

 

६ वैशाख, काठमाडौं ।

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको छ ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई सर्वोच्च अदालतले आधिकारिकता प्रदान गरेपछि आगामी रणनीति तय गर्न भन्दै बसेको देउवा समूहका पूर्वकेन्द्रीय सदस्यहरूको भेलाले यस्तो निष्कर्ष निकालेको हो । ‘सर्वोच्चको निर्णयपछि कुन हिसाबले जाने भन्नेबारे विशेष महाधिवेशनमा सहभागी नभएकाहरूको छलफल हो,’ नेता कुन्दनराज काफ्लेले भने, ‘अब कुन हिसाबले जाने भनेर छलफल सुरु भएको हो ।

उनले विगतका कांग्रेसले भोग्दै आएको उतारचढाव र अहिलेको अवस्थाबारे छलफल भएको पनि बताए । त्यस्तै उनले पार्टीमा एकता कायम राख्न सबै नेता कार्यकर्ताको आत्मबल बढ्नुपर्नेबारे छलफल भएको सुनाए । ‘कांग्रेस एकता हुनुपर्छ । एक हुनका लागि सबैको आत्मबल बढ्नुपर्छ । कांग्रेसको क्रियाशील बढी हुँदा भोट किन कम भन्नेबारे मैले आफ्नो धारणा राखेँ,’ उनले भने, ‘रिसाएकालाई जोड्दै, कमीकमजोरी केके भए भन्नेबारे निष्कर्ष निकाल्नुपर्नेछ । जनता हामीसँग किन रिसाए ? जनताले सानो दल किन बनाए ? यसबारे सानेपा जिम्मेवार हुनुपर्छ ।

उनले सानेपा पार्टी कार्यालयमा छलफलको वातावरण वर्तमान नेतृत्वले बनाउनुपर्ने बताए । ‘सानेपाको भित्तामा गएर कराएर हुने केही छैन । कुरा राख्ने ठाउँ खुला हुनुपर्छ । पार्टीमा नमिल्नुपर्ने कारण छैन । स्वाभिमानको कुरा छ । तर सानेपा जिम्मेवार हुनुपर्छ । स्वाभीमानको कुरा हो,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ