जनस्वास्थ्य प्रशासक र स्वास्थ्य बीमा बोर्डका निर्देशकलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २८, २०८२
|
|
१६५ पटक हेरिएको
Shares
जनस्वास्थ्य प्रशासक र स्वास्थ्य बीमा बोर्डका निर्देशकलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

सारांश

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक डा.
  • भीमप्रसाद सापकोटा र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.
  • कृष्णप्रसाद पौडेललाई स्पष्टीकरण सोधेको छ ।

२८ चैत, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक डा. भीमप्रसाद सापकोटा र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेललाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले उनीहरुलाई स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्तिका विषयमा स्पष्टीकरण सोधेको हो । स्वास्थ्य बीमा बोर्डको सदस्यको नियुक्ति र सदस्यको बैठकमा उपस्थितिलगायतका विषयमा सञ्चारमाध्यममा आएको विषयमा मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक सापकोटा र कार्यकारी निर्देशक पौडेललाई तीन दिने स्पष्टीकरण सोधेको हो ।

सञ्चारमाध्यममा स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्तिबारे माइन्युटका विषयहरू, निर्णय र उपस्थितिसँग सम्बन्धित कागजात मिलाउने काममा कर्मचारीहरूकै भूमिका रहेको सार्वजनिक भएको थियो । मन्त्रालयको कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत दिपेन्द्र दहालद्वारा हस्ताक्षरित पत्रमा सापकोटा र पौडेललाई उक्त विषयमा संलग्नता र भूमिका रहे–नरहेको र के–कति कारणले यस्तो भएको हो भन्ने बारेमा तीन दिनभित्र जवाफ मन्त्रालयमा पेस गर्न भनिएको छ ।

निस्क्रिय भइसकेको बोर्ड सदस्य जुनु श्रेष्ठलाई पुन: बैठकमा सहभागी गराएपछि विवाद भएको थियो । श्रेष्ठ हालै पदमुक्त गरिएका मन्त्री दीपक साहकी श्रीमती हुन् । मन्त्री साहलाई पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै रास्वपाले फिर्ता बोलाएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच एकता, चाँडै जिम्मेवारी बाँडफाँट हुने
उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच एकता, चाँडै जिम्मेवारी बाँडफाँट हुने
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
मुस्ताङलाई ५० करोड उपलब्ध गराउने प्रचण्डको घोषणा
मुस्ताङलाई ५० करोड उपलब्ध गराउने प्रचण्डको घोषणा
ओलीले संसद्‌मा पाए दुईतिहाइ मत : पक्षमा १८८, विपक्षमा ७४
ओलीले संसद्‌मा पाए दुईतिहाइ मत : पक्षमा १८८, विपक्षमा ७४
सिमरा अपडेट : २ राउन्ड हवाई फायरसहित ४ सेल अश्रु ग्यास प्रहार,
सिमरा अपडेट : २ राउन्ड हवाई फायरसहित ४ सेल अश्रु ग्यास प्रहार,
अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको पार्टीबीच चुनावी मोर्चाबन्दी
अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको पार्टीबीच चुनावी मोर्चाबन्दी
धरानको सामुदायिक वनभित्र महिलाको शव फेला
धरानको सामुदायिक वनभित्र महिलाको शव फेला
भारतका चार राज्यका पाँच विधानसभा सिटमा उपचुनावको घोषणा
भारतका चार राज्यका पाँच विधानसभा सिटमा उपचुनावको घोषणा
गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीशद्वय शर्माको इजलासमा
गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीशद्वय शर्माको इजलासमा
राष्ट्रिय लोककला, परम्परागत चित्रकला तथा शिल्प–हस्तकला सम्मेलन २०८२ सम्पन्न
राष्ट्रिय लोककला, परम्परागत चित्रकला तथा शिल्प–हस्तकला सम्मेलन २०८२ सम्पन्न