सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

जनस्वास्थ्य प्रशासक र स्वास्थ्य बीमा बोर्डका निर्देशकलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २८, २०८२
|
|
१९१ पटक हेरिएको
Shares
जनस्वास्थ्य प्रशासक र स्वास्थ्य बीमा बोर्डका निर्देशकलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

सारांश

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक डा.
  • भीमप्रसाद सापकोटा र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.
  • कृष्णप्रसाद पौडेललाई स्पष्टीकरण सोधेको छ ।

 

२८ चैत, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक डा. भीमप्रसाद सापकोटा र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेललाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले उनीहरुलाई स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्तिका विषयमा स्पष्टीकरण सोधेको हो । स्वास्थ्य बीमा बोर्डको सदस्यको नियुक्ति र सदस्यको बैठकमा उपस्थितिलगायतका विषयमा सञ्चारमाध्यममा आएको विषयमा मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक सापकोटा र कार्यकारी निर्देशक पौडेललाई तीन दिने स्पष्टीकरण सोधेको हो ।

सञ्चारमाध्यममा स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्तिबारे माइन्युटका विषयहरू, निर्णय र उपस्थितिसँग सम्बन्धित कागजात मिलाउने काममा कर्मचारीहरूकै भूमिका रहेको सार्वजनिक भएको थियो । मन्त्रालयको कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत दिपेन्द्र दहालद्वारा हस्ताक्षरित पत्रमा सापकोटा र पौडेललाई उक्त विषयमा संलग्नता र भूमिका रहे–नरहेको र के–कति कारणले यस्तो भएको हो भन्ने बारेमा तीन दिनभित्र जवाफ मन्त्रालयमा पेस गर्न भनिएको छ ।

निस्क्रिय भइसकेको बोर्ड सदस्य जुनु श्रेष्ठलाई पुन: बैठकमा सहभागी गराएपछि विवाद भएको थियो । श्रेष्ठ हालै पदमुक्त गरिएका मन्त्री दीपक साहकी श्रीमती हुन् । मन्त्री साहलाई पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै रास्वपाले फिर्ता बोलाएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती प्रदेश : संसद् सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै
बागमती प्रदेश : संसद् सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै
आशा भोसलेको पाँच दशकको लामो सांगीतिक यात्रा : २० भाषामा १२ हजार गीत
आशा भोसलेको पाँच दशकको लामो सांगीतिक यात्रा : २० भाषामा १२ हजार गीत
ज्येष्ठ नागरिकलाई नि:शुल्क थेरापी
ज्येष्ठ नागरिकलाई नि:शुल्क थेरापी
बूढानीलकण्ठ क्षेत्रमा १ सय ८१ वटा सीसी क्यामरा जडान, उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी गर्ने
बूढानीलकण्ठ क्षेत्रमा १ सय ८१ वटा सीसी क्यामरा जडान, उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी गर्ने
सर्लाहीमा एसइइ दिने ११ हजार ३७१ परीक्षार्थी
सर्लाहीमा एसइइ दिने ११ हजार ३७१ परीक्षार्थी
कक्षा १२ को परीक्षा आजदेखि, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी
कक्षा १२ को परीक्षा आजदेखि, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी
भौतिकमन्त्री लम्सालको धम्कीपूर्ण चेतावनीः काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिन्छु
भौतिकमन्त्री लम्सालको धम्कीपूर्ण चेतावनीः काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिन्छु
हेटौंडा अस्पतालको बोर्डमा रहेको मदन भण्डारीको नाम मेटाइयो
हेटौंडा अस्पतालको बोर्डमा रहेको मदन भण्डारीको नाम मेटाइयो
भारतमा घरायसी ग्यास आपूर्तिलाई प्राथमिकता, २५ दिने बुकिङको नियम लागु
भारतमा घरायसी ग्यास आपूर्तिलाई प्राथमिकता, २५ दिने बुकिङको नियम लागु
६ महिनामा साढे २० अर्बको धानचामल आयात
६ महिनामा साढे २० अर्बको धानचामल आयात