प्रधानमन्त्रीले उत्कृष्ट सैनिक अधिकृत क्याडेटहरूलाई खुकुरी र छडीद्वारा गरे पुरस्कृत

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २६, २०८२
|
|
४२० पटक हेरिएको
Shares
प्रधानमन्त्रीले उत्कृष्ट सैनिक अधिकृत क्याडेटहरूलाई खुकुरी र छडीद्वारा गरे पुरस्कृत

सारांश

  • प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को प्रमुख आतिथ्यमा भक्तपुर, खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
  • बुधबार सम्पन्न कार्यक्रममा प्रधानमन्त्रीले उत्कृष्ट अधिकृत क्याडेटहरूलाई श्रेष्ठताको प्रतीक खुकुरी एवं छडीद्वारा पुरस्कृत गरेका थिए ।
  • आयुक्त पद प्रदान कवाजलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले आफ्नो मातृभूमि र जनताप्रति समर्पित हुने दृढ संकल्पसहित कठिन तालिमपश्चात् आयुक्त पद प्राप्त गर्न सफल भएकोमा बधाई दिएका थिए ।

२६ चैत,काठमाडौं ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को प्रमुख आतिथ्यमा भक्तपुर, खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रम सम्पन्न भएको छ । बुधबार सम्पन्न कार्यक्रममा प्रधानमन्त्रीले उत्कृष्ट अधिकृत क्याडेटहरूलाई श्रेष्ठताको प्रतीक खुकुरी एवं छडीद्वारा पुरस्कृत गरेका थिए ।

आयुक्त पद प्रदान कवाजलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले आफ्नो मातृभूमि र जनताप्रति समर्पित हुने दृढ संकल्पसहित कठिन तालिमपश्चात् आयुक्त पद प्राप्त गर्न सफल भएकोमा बधाई दिएका थिए । नव आयुक्त अधिकृतहरू सैनिक आचरण, चेन अफ कमान्ड र अनुशासनको दायराभित्र रही सदैव आफ्नो जिम्मेवारी र दायित्वप्रति सजग र कर्तव्यनिष्ठ रहने विश्वास प्रधानमन्त्रीले व्यक्त गरेका थिए । तालिममा सहभागी १८३ जना अधिकृत क्याडेटहरूले आयुक्त पद प्रदान कवाज प्रदर्शन गरेका थिए ।

कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले केन्या र जाम्वियाबाट तालिममा सहभागी तीनजना शिक्षार्थी अधिकृत क्याडेटहरूलाई ‘नेपाली मिलिटरी एकेडेमी (एनएमए) मेडल प्रदान गरेका थिए । नेपाली सैनिक प्रतिष्ठानबाट हालसम्म अधिकृत क्याडेट र पदिक तथा बिल्लादार अधिकृत क्याडेट गरी ६ हजार ७३४ जना र १ हजार ६०८ जना प्राविधिक अधिकृतहरूले सफलतापूर्वक तालिम सम्पन्न गरिसकेका छन् । सन् २०१२ बाट विदेशी शिक्षार्थीहरू समेत सम्मिलित गराई तालिम सञ्चालन गरिँदै आएकोमा हालसम्म विभिन्न राष्ट्रहरूका ३२ जना विदेशी शिक्षार्थीहरूले तालिम सम्पन्न गरिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा ११० के.जी. अवैध लागू औषध गाँजा बरामद
सर्लाहीमा ११० के.जी. अवैध लागू औषध गाँजा बरामद
ट्राफिक प्रहरीको कमाउखाउ केन्द्र बिन्दु बन्दै बारा
ट्राफिक प्रहरीको कमाउखाउ केन्द्र बिन्दु बन्दै बारा
नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण
नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण
कस्मिरमा सेनाको गाडी खाल्डोमा खस्दा ३ सैनिकको मृत्यु
कस्मिरमा सेनाको गाडी खाल्डोमा खस्दा ३ सैनिकको मृत्यु
दक्षिण कोरियामा १८१ यात्रु सवार विमान दुर्घटना : २८ जनाको मृत्यु
दक्षिण कोरियामा १८१ यात्रु सवार विमान दुर्घटना : २८ जनाको मृत्यु
गोरखा दुर्घटना : २१ जना घाईतेमध्य ३ जना काठमाडौं रिफर
गोरखा दुर्घटना : २१ जना घाईतेमध्य ३ जना काठमाडौं रिफर
आज देशका यी प्रदेशहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना
आज देशका यी प्रदेशहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना
जनकपुर भन्सार कार्यालय बाट रु ३४ करोड २८ लाख राजस्व सङ्कलन
जनकपुर भन्सार कार्यालय बाट रु ३४ करोड २८ लाख राजस्व सङ्कलन
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित
तोलामा १ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
तोलामा १ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?