Press 4K
सोमबार, १९ आश्विन २०८३

‘नेता, कर्मचारी र बिचौलियाले आफू अनुकुल ‘खरिद ऐन भ्रष्टाचार मैत्री’ बनाए’

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र १६, २०८२
|
|
५० पटक हेरिएको
Shares
‘नेता, कर्मचारी र बिचौलियाले आफू अनुकुल ‘खरिद ऐन भ्रष्टाचार मैत्री’ बनाए’

सारांश

  • स्वास्थ्य क्षेत्रको एक खर्ब बजेटमा झण्डै आदा रकम भ्रष्टाचार हुने गरेको नेपाल स्वास्थ्य व्यवसायी संघका अध्यक्ष नवराज बस्नेतले दाबी गरेका छन् ।
  • सोमबार राजधानीमा संघले पत्रकार सम्मेलनको आयोजना गरी नेता, कर्मचारी र बिचौलियाले आफू अनुकुल ‘सार्वजनिक खरिद ऐन भ्रष्टाचार मैत्री’ बनाएको आरोपसमेत लगाए ।
  • अध्यक्ष बस्नेतले विगतका पुराना सरकारमा सहभागी दलका प्रतिनिधिले स्वास्थ्य क्षेत्र सुधारका मुद्दाहरु अख्तियार गरे पनि त्यसलाई अत्याधिक भ्रष्टाचारको आधार तयार गरेको आरोप लगाएका छन् ।

१६ चैत,काठमाडौं ।

स्वास्थ्य क्षेत्रको एक खर्ब बजेटमा झण्डै आदा रकम भ्रष्टाचार हुने गरेको नेपाल स्वास्थ्य व्यवसायी संघका अध्यक्ष नवराज बस्नेतले दाबी गरेका छन् । सोमबार राजधानीमा संघले पत्रकार सम्मेलनको आयोजना गरी नेता, कर्मचारी र बिचौलियाले आफू अनुकुल ‘सार्वजनिक खरिद ऐन भ्रष्टाचार मैत्री’ बनाएको आरोपसमेत लगाए ।

अध्यक्ष बस्नेतले विगतका पुराना सरकारमा सहभागी दलका प्रतिनिधिले स्वास्थ्य क्षेत्र सुधारका मुद्दाहरु अख्तियार गरे पनि त्यसलाई अत्याधिक भ्रष्टाचारको आधार तयार गरेको आरोप लगाएका छन् । बस्नेतले वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारलाई भ्रष्टाचारको जालो तोड्ने ऐतिहासिक अवसर जनताले दिएकोले त्यस मौकालाई सरकारले नगुमाउने विश्वास राखे । स्वास्थ्यमा छुट्याईने आबको कुल बजेटको ५० प्रतिशत रकम अपचलन हुने गरेको बताउँदै बस्नेतले भने,‘मन्त्री, कर्मचारी, बिचौलिया र तस्कर व्यवसायीको मिलेमातोमा आधा खरब रकम लुटेर खाने प्रचलनमा ब्रेक लगाउन यो सरकारलाई अवसर छ ।’ सार्वजनिक खरिद ऐन २०६३ नै स्वास्थ्य क्षेत्रको भ्रष्टाचारको मूल आधार रहेको जिकिर गर्दै बस्नेतले भने, ‘जनताको सेवा भन्दा पनि आफू र सिमित आसोपासेको दुनो साझ्यान पटकपटक खरिद ऐन संशोधन गरेर आफू अनुकुल बनाएका छन्, त्यसलाई अब जनमैत्री बनाउनुपर्छ ।

‘व्यवसायीले दिएको स्पेसिफिकेसन(विवरण) र सर्तहरु हुबहु छापेर सेटिङमा बोलपत्र प्रकाशित गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारसम्म भ्रष्ट कर्ममाचरी र माफिया सक्रिय रहेका छन् ।’ बस्नेतले भने । झण्डै ३२ हजार डाक्टरहरु रहेकोमा २० प्रतिशत विदेश पलायन भइसकेको र बाँकीले आफ्नो विज्ञता अनुसार सहरदेखि दुर्गम, धनीदेखि गरिवसम्मलाई उपचार सेवा दिनुपर्नेमा उनिहरुलाई समान खरिद–बिक्री र प्रशासनीक झमेलामा परिएको बस्नेतको जिकर छ । यस्ता विविधि समस्या हल गर्न सरकारले केन्द्रदेखि स्थानीय तहसम्म अनुगमन समिति बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व रङ्गमञ्च दिवस : अभिनयका लागि रङ्गमञ्च
विश्व रङ्गमञ्च दिवस : अभिनयका लागि रङ्गमञ्च
महासंघले भन्यो– हिंस्रक घटनाबाट ठूलो क्षति पुग्यो, क्षतिपूर्ति चाहियो
महासंघले भन्यो– हिंस्रक घटनाबाट ठूलो क्षति पुग्यो, क्षतिपूर्ति चाहियो
संसद्को अवरोध हटाउन सभामुखले बोलाए प्रमुख सचेतक र कार्यव्यवस्था परामर्श समितिको बैठक
संसद्को अवरोध हटाउन सभामुखले बोलाए प्रमुख सचेतक र कार्यव्यवस्था परामर्श समितिको बैठक
नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सभा मंसिर २९ गते मार्तडीमा हुने
नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सभा मंसिर २९ गते मार्तडीमा हुने
जापानका राजदूतद्वारा गहवामाईको दर्शन
जापानका राजदूतद्वारा गहवामाईको दर्शन
जङ्गली हात्तीको आक्र*मणबाट नौ वर्षमा १७ जनाको मृ*त्यु
जङ्गली हात्तीको आक्र*मणबाट नौ वर्षमा १७ जनाको मृ*त्यु
इकुमा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध
इकुमा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध
सुनको मूल्य सामान्यरुपमा बढ्दा चाँदीको मूल्य ह्वात्तै बढ्यो
सुनको मूल्य सामान्यरुपमा बढ्दा चाँदीको मूल्य ह्वात्तै बढ्यो
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...