माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ५, २०८०
|
|
२७ पटक हेरिएको
Shares
माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

सारांश

  • नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
  • महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए ।
  • सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।

५ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । महरालाई रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट काठमाडौं ल्याइएको छ । उनलाई बिहान १० बजेर २७ मिनेटमा एती एयरलाइन्सको उडान नम्बर वाईटी-८९२ बाट काठमाडौं ल्याइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरोले मेची राजमार्ग अवरुद्ध
पहिरोले मेची राजमार्ग अवरुद्ध
वाणिज्य बैंक लुट्ने समूहले फालेको ५ लाख रुपैयाँ एक युवकले प्रहरीलाई बुझाए
वाणिज्य बैंक लुट्ने समूहले फालेको ५ लाख रुपैयाँ एक युवकले प्रहरीलाई बुझाए
बेंगलुरु हत्याकाण्डमा अर्को खुलासा: ‘मुक्तिसँग बिहे गर्न चाहन्थिन् पति छाडेकी महालक्ष्मी’
बेंगलुरु हत्याकाण्डमा अर्को खुलासा: ‘मुक्तिसँग बिहे गर्न चाहन्थिन् पति छाडेकी महालक्ष्मी’
आज तराईका केही स्थानमा हुस्सु, बाँकी क्षेत्रमा मौसम सफा रहने
आज तराईका केही स्थानमा हुस्सु, बाँकी क्षेत्रमा मौसम सफा रहने
विदेशी नागरिकलाई लुटपाट गरेको आरोपमा बनेपाबाट तीन जना पक्राउ
विदेशी नागरिकलाई लुटपाट गरेको आरोपमा बनेपाबाट तीन जना पक्राउ
पश्चिम एशिया द्वन्द्वले विश्वभर करीब ३२ करोड मानिस भोकमरीको जोखिममा
पश्चिम एशिया द्वन्द्वले विश्वभर करीब ३२ करोड मानिस भोकमरीको जोखिममा
स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बारामा प्रधानाध्यापकको हत्या आरोपमा एक महिला पक्राउ
बारामा प्रधानाध्यापकको हत्या आरोपमा एक महिला पक्राउ
दाङमा मुसुरो दाइँमा किसानको चटारो
दाङमा मुसुरो दाइँमा किसानको चटारो