सर्लाहीको मलंगवामा दिउँसै चोरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १, २०८२
|
|
४२ पटक हेरिएको
Shares
सर्लाहीको मलंगवामा दिउँसै चोरी

सारांश

  • राजु यादव सबैको साथ सर्लाहीको मलंगवा नगरपालिका–१० स्थित रंजित यादवको घरमा सोमबार दिउँसो चोरी भएको छ ।
  • श्रीमान–श्रीमती दुवै जना जागिरे भएका कारण दिउँसो कार्यालय गएको समयमा चोरले घरको ताल्चा फुटाई दराजभित्र राखिएको गरगहना तथा नगद रकम चोरी गरेको हो ।
  • घरधनी कार्यालयबाट फर्किएपछि चोरी भएको थाहा पाएपछि तत्काल प्रहरीलाई जानकारी गराइएको बताइएको छ ।

 

१ पुस, सर्लाही । राजु यादव सबैको साथ

सर्लाहीको मलंगवा नगरपालिका–१० स्थित रंजित यादवको घरमा सोमबार दिउँसो चोरी भएको छ । श्रीमान–श्रीमती दुवै जना जागिरे भएका कारण दिउँसो कार्यालय गएको समयमा चोरले घरको ताल्चा फुटाई दराजभित्र राखिएको गरगहना तथा नगद रकम चोरी गरेको हो ।

घरधनी कार्यालयबाट फर्किएपछि चोरी भएको थाहा पाएपछि तत्काल प्रहरीलाई जानकारी गराइएको बताइएको छ । घटनास्थलमा पुगेको प्रहरीले आवश्यक मुचुल्का उठाई चोरीमा संलग्न व्यक्तिको खोजी तथा अनुसन्धान सुरु गरेको जनाएको छ । पछिल्लो समय मलंगवामा दिउँसै चोरीका घटना बढ्दै गएको भन्दै स्थानीयवासीहरूले चिन्ता व्यक्त गरेका छन् । स्थानीयवासी तथा प्रहरी प्रशासनले घर बाहिर निस्कँदा ढोका–झ्याल राम्रोसँग बन्द गर्न, छिमेकीसँग समन्वय राख्ने र शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउन नगरवासीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?