द सहारा लोन सेविङ्स को–अपरेटिभको २९औं वार्षिक साधारण सभा सम्पन्न
सर्लाही, २६ मंसिर। द सहारा लोन सेविङ्स को–अपरेटिभ सोसाइटी लिमिटेडको २९औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदनसहित विभिन्न प्रस्ताव पारित गरेको छ।
सञ्चालक समितिका अध्यक्ष नागेन्द्र कुमारको अध्यक्षतामा सम्पन्न सभामा अध्यक्ष कुमारले संस्थाले समयसापेक्ष परिमार्जन गर्दै प्रविधि–आधारित सेवामार्फत सदस्यलाई गुणस्तरीय सुविधा उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राख्दै आएको बताए।
वि.सं. २०५१ मा स्थापना भएको सहकारीले ३२ वर्षको यात्रामा ४६ करोड रुपैयाँ शेयर पूँजी, ५ अर्ब ८५ करोड निक्षेप तथा ५ अर्ब ५१ करोड ऋण लगानीको पहुँच बनाउँदै अग्रणी बचत तथा ऋण सहकारीको रूपमा स्थापित भएको छ। गत आर्थिक वर्षमा कर चुक्ता पश्चात १६ करोडभन्दा बढी खुद नाफा आर्जन गर्दै प्रति शेयर रु. १०६.८१ लाभांश वितरण गरेको संस्थाले जनाएको छ।

सभामा चौधरीले वीरगंजमा सेवा केन्द्र भवन निर्माण सम्पन्न भइसकेको तथा लहान र कलैयामा भवन निर्माण तथा खरिद प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको जानकारी दिए। उनले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि करिब ७ अर्ब ९२ करोडको कारोबार तथा ३६ करोडभन्दा बढी खुद नाफा आर्जन गर्ने लक्ष्य प्रस्तुत गरे।




Post Comment