संसद विघटनविरुद्ध एमालेले दायर गरेको रिटमा पूर्ण इजलासमा सुनुवाइ जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १७, २०८२
|
|
२७ पटक हेरिएको
Shares
संसद विघटनविरुद्ध एमालेले दायर गरेको रिटमा पूर्ण इजलासमा सुनुवाइ जारी

सारांश

  • प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित पाँचजनाको पूर्ण इजलासमा सुनु्वाइ भइरहेको हो।
  • पूर्ण इजालसमा प्रधानन्यायाधीश राउतसहित न्यायाधीश सपना प्रधान मल्ल,कुमार रेग्मी,हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा छन्।
  • प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै नेकपा एमालेले मंसिर ९ गते सर्वोच्च अदालतमा रिट दायर गरेको हो।

१७ मंसिर, काठमाडौं 

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ जारी छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित पाँचजनाको पूर्ण इजलासमा सुनु्वाइ भइरहेको हो। पूर्ण इजालसमा प्रधानन्यायाधीश राउतसहित न्यायाधीश सपना प्रधान मल्ल,कुमार रेग्मी,हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा छन्।

प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै नेकपा एमालेले मंसिर ९ गते सर्वोच्च अदालतमा रिट दायर गरेको हो।  प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेपछि पुनर्स्थापनाको माग गर्दै एमाले सर्वोच्च पुगेको हो। रिट निवेदनमा प्रधानमन्त्री कार्कीको शपथ ग्रहण तथा अन्य नियुक्ति समेत उत्प्रेषणको आदेशले बदरको माग गरिएको छ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका अन्य रिटमा भने सर्वोच्चले विपक्षीका नाममा लिखित जवाफ माग गरेको छ। विपक्षी बनाइएका राष्ट्रपति रामचन्द्र  पौडेल,प्रधानमन्त्री सुशीला कार्की,निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली,सभामुख देवराज घिमिरेलगायतले सर्वोच्चलाई लिखित जवाफ पठाइसकेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यातायात सुरक्षामा एकीकृत नियमनको आवश्यकताः सांसद सोविता गौतम
यातायात सुरक्षामा एकीकृत नियमनको आवश्यकताः सांसद सोविता गौतम
उपत्यका विकास प्राधिकरणका अमिनविरुद्ध ३ करोड २९ लाख भ्रष्टाचार मुद्दा
उपत्यका विकास प्राधिकरणका अमिनविरुद्ध ३ करोड २९ लाख भ्रष्टाचार मुद्दा
अपरेशन सिन्दूरपछि प्रधानमन्त्री मोदीले गरे तीन देशको भ्रमण रद्द
अपरेशन सिन्दूरपछि प्रधानमन्त्री मोदीले गरे तीन देशको भ्रमण रद्द
रुपन्देहीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ
रुपन्देहीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ
शिक्षा र सुविधाको अभावले नेपालका जनजाति समुदायहरु पछाडि परे : मन्त्री चौधरी
शिक्षा र सुविधाको अभावले नेपालका जनजाति समुदायहरु पछाडि परे : मन्त्री चौधरी
सुनकोसी-मरिण डाइभर्सनका बाँकी काम समयमै सक्न प्रधानमन्त्रीको निर्देशन
सुनकोसी-मरिण डाइभर्सनका बाँकी काम समयमै सक्न प्रधानमन्त्रीको निर्देशन
ग्यास बोकेर त्रिशूली जाँदै गरेको गाडीमै ग्यास लिक,सुरक्षाका लागि दुबै तर्फको राजमार्ग बन्द
ग्यास बोकेर त्रिशूली जाँदै गरेको गाडीमै ग्यास लिक,सुरक्षाका लागि दुबै तर्फको राजमार्ग बन्द
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
अमरेश सिंह पनि मन्त्री बन्दै
अमरेश सिंह पनि मन्त्री बन्दै
अनेरास्वियुमा प्यानलको तयारी, कसको समूहबाट को-को ?
अनेरास्वियुमा प्यानलको तयारी, कसको समूहबाट को-को ?